• असोज २२, सिन्धुली/आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिन्धुली निर्वाचन क्षेत्र नं. २ प्रदेश ‘ख’ मा गठबन्धको तर्फबाट नेपाल समाजवादीका सह–अध्यक्ष गंगानाराण श्रेष्ठ (गंगा मानव) ले टिकट प्राप्त गरेका छन् । माओवादी केन्द्रको संघीय संसदको समानुपातिक लिस्टमा परे पनि पछि नाम संसोधन गरेर प्रदेश सभा सदस्यको लागि प्रत्यसक्ष तर्फको उमेद्वार बन्ने भएको हो ।
    सिन्धुलीमा विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दालनमा लागेका श्रेष्ठ माओवादीको १० वर्षीय जनयुद्ध हुँदै बाबुराम भट्टराईको नयाँ शक्ति, जसपाको महासचिव हुँदै अहिले नेपाल समाजवादी पार्टीका सह–अध्यक्ष छन् । राजनीतिक उत्तपचढापमा बाबुराम भट्टराईको दरिलो साथ दिएर राजनीति गरेका श्रेष्ठ अहिले बाबुराम भट्टराई निर्वाचनमा नजाने भए पछि भागवण्डामा गठबन्धनबाट प्रदेश सभा सदस्यको टिकट पाएका हुन् । श्रेष्ठ २०६३ को अन्तरिम विधायन सभामा माओवादीको तर्फबाट विधायक पनि बनेका थिए ।