• १ असार, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुख समक्ष जिल्लामा क्रियाशील तीन संगठनले संयुक्त ज्ञापन–पत्र बुझाएका छन् । आज कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेललाई जिल्लाको सञ्चार क्षेत्रको समस्या सम्बोधनका लागि तीन संगठनले ज्ञापन पत्र बुझाएको हो ।
    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सिन्धुली नेपाल प्रेस युनियन शाखा सिन्धुली र प्रेस चौतारी नेपाल सिन्धुलीले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । स्थानीय सरकारले संचार क्षेत्रका समस्या समाधान गर्न आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा बिभिन्न १० बुद्धे प्रस्तावहरुलाई सम्बोधनका लागि कमलामाई नगरपालिकाका नगर प्रमुख पोखरेललाई ज्ञापनपत्र बुझाइएको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिनुभयो ।
    जिल्लामा सञ्चालमा रहेको स्थानीय सञ्चार माध्यम पत्रपत्रिका/सामुदायिक रेडियो तथा सिन्धुली केन्द्रियत विषयबस्तु प्रकाशन प्रसारण गर्ने तथा जिल्लामा केन्द्रिय कार्यालय रहेर सञ्चालन भएका कम्पनी मार्फत सञ्चालित अनलाई सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापनको व्यवस्था गरी समानुपातिक वितरण प्रणलीको व्यवस्था गर्न माग गरिएको छ । हरेक आर्थिक वर्ष सुरु भएको पहिलो महिना भित्र लोककल्याणकारी विज्ञापनका लागि सम्झौता गर्ने र त्रैमासीक भुक्तानी गर्ने व्यवस्था गर्न माग गरिएको छ । राष्ट्रिय सञ्चार माध्यममा प्रकाशन गर्नुपर्ने विज्ञापनका लागि राष्ट्रिय पत्रपत्रिकाका जिल्ला संवाददाता मार्फत वा स्थानीय विज्ञापन एजेन्सी मार्फत प्रकाशन गर्ने व्यवस्था गरियोस् । जसका लागि आर्थिक वर्ष सुरु भएको एक महिना भित्र सुचिकृत गर्ने व्यवस्था गर्न माग गरिएको छ ।
    सञ्चारकमीको समयानुकुल क्षमता विकासका लागि क्षमता अभिवृद्धि तालिम/अवलोकन भ्रमण सञ्चालन गर्ने व्यवस्था गर्न माग गरिएको छ भने स्थानीय सरकार र स्थानीय सञ्चार संस्था वीचको साझेदारीमा सार्वजनिक सुनुवाई तथा सर्वजनिक परिक्षण कार्यक्रम त्रैमासिक रुपमा सञ्चालन गर्ने व्यवस्था गर्न माग गरिएको छ ।
    योजना अनुगमन लगायत नगरका गतिविधि पार्दशी बनाउन सञ्चारकर्मीको अनिवार्य सहभागिता सुनिश्चित गरियोस् । नगरपालिकाको सुचनाहरु स्थानीय सञ्चार माध्यममा प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्ने व्यवस्था गर्न माग गरिएको छ । स्थानीय सञ्चार नीति निर्माण निर्माण गरी प्रभावकारी कार्यान्वन गर्न माग गरिएको छ । त्यस्तै नगरपालिकाले बनाएको पत्रकार कल्याण कोष सम्बन्धी नियमावली प्रकाशन र कार्यान्वयमा ल्याउनु पर्ने ।
    नेपाल पत्रकार महासंघ बागमति प्रदेशका सचिव राजन गाउँले, सिन्धुली शाखाका पुर्ब अध्यक्ष शंखर सौगात लगायत जिल्लाका पत्रकार तथा संचारकर्मिकोे उपस्थितीमा ज्ञापनपत्र बुझाइएको हो । नेपाल प्रेस युनियन शाखा सिन्धुलीका सभापति यम चौलागाई, प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष विनय दाहाल र प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठद्वारा हस्ताक्षरित संयुक्त ज्ञापन पत्र बुझ्दै नगर प्रमुख पोख्रेलले जिल्लामा सञ्चालित सञ्चार माध्यमलाई न्यायोचित विज्ञापनको व्यवस्था गर्न नगरपालिका प्रतिवद्ध रहेको वताउनुभयो ।