-
सिन्धुली/अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरुद्धमा देशव्यापी रुपमा विरोध प्रदर्शन भएको छ । यसै क्रममा सिन्धुलीमा पनि एमसीसीको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ ।
नेकपा माओवादी केन्द्र निकट (वाइसिएल) नेपाल र अनेरास्ववियु क्रान्तिकारी तथा नेकपा समाजवादी निकट युवासंघ र अनेरास्ववियुले संयुक्त रुपमा यथास्थितीमा संसदमा एमसीसी टेवल नगर्न दबाब स्वरुप संयुक्त विरोध प्रदर्शन गरेका हुन् । परिमार्जन नगरी यथास्थितीमा एमसीसी पास गरे नेपालले आफ्नो स्वतन्त्र राष्ट्रिय हक गुमाउने माओवादी केन्द्रका जिल्ला इन्चार्ज लेखनाथ दाहाल(राजन)ले बताउनुभयो । ‘एमसीसी अमेरिकी सैन्य रणनीति अंग अन्तर्गत रहेकाले यसलाई संसदबाट पास गर्ने बित्तिकै नेपालको स्वतः कानुन बन्छ, त्यो कानुन परिमार्जन गर्ने अधिकार अमेरिकालाई हुने भएकाले सिङ्गो नेपालको कानुन परिमार्जनको लागि अमेरीकाको हातमा सुम्पिने राष्ट्रघाति सम्झौता यथास्थितीमा पास गर्न दिनुहुँदैन’ इन्चार्ज दाहालले भन्नुभयो ।
बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै वाइसिएल नेपालका केन्द्रिय सदस्य भुल बहादुर राना (अविरल) ले एमसीसी जस्तो राष्ट्रघाति सम्झौता कुनै हालतमा पनि हुन नदिने धारणा राख्नुभयो । रानाले एमसीसी नेपाली जनताको हित विपरित रहेको भन्दै राष्ट्रिय कार्यक्रम अन्तर्गत बिरोध प्रदर्शन गरिएको बताउनुभयो ।
कमलामाई नगरपालिकाको कार्यालय अगाडि ‘नो एमसीसी, गो ब्याक एमसीसी’, ‘राष्ट्रघाति सम्झौता गर्न पाइँदैन, एमसीसी चाहिँदैन’ लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरिएको थियो ।
यस्तैै यथास्थितिमा एमसीसी टेबल गर्ने राष्ट्रघाति कदम बिरुद्ध मरिण गाउँपालिकामा समेत विरोध स्वरुप प्रदर्शन गरिएको छ । मरिण गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट(वाइसिएल) नेपाल र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा एमसीसी बिरुद्ध ¥याली निकालिएको हो । ‘राष्ट्रघाति सम्झौता गर्न पाइँदैन, एमसीसी चाहिँदैन’, ‘राष्ट्रिय स्वाधिनता कायम गर, देश बेच्न पाइँदैन’ लगातका नारा लगाउँदै ¥यालि निकालिएको वाइसिएल नेपाल मरिण गाउँपालिकाका सहसंयोजक अशोक लामाले जानकारी दिनुभयो ।राष्ट्रब्यापी रुपमा भएको बिरोध कार्यक्रम दुधौलि नगरपालिकामा पनि सम्पन्न भएको छ । राष्ट्रघाति कदम बिरुद्ध दुधौली नगरपालिकामा पनि ¥यालि निकालेर बिरोध प्रदर्शन गरिएको हो । ¥याली सम्पन्न पछिको कोणसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता मातृका भट्टराइले यहि अबस्थामा एमसीसी कुनै हालतमा पनि पास हुन नदिने बताउनुभयो । ‘यदि संसद टेबल गर्ने दुस्साहस गरिन्छ भने पार्टिले सरकार छोड्छ तर एमसिसि पास गर्न दिदैन’ भट्टराईले भन्नुभयो । एमसीसीको विरोधमा देशभर प्रदर्शन भैरहेको छ ।
News Desk 0 response बुधबार, फाल्गुन ४, २०७८
सम्बन्धित शीर्षकहरु
मरिण खोलामा डुबेर एकजनाको मृत्यु
बुधबार, अशोज २, २०८१कमलामाई नगरपालिकाले वैदेशिक रोजगार बोर्डबाट प्रदान गर्ने सेवाहरुमा सहजीकरण गर्ने
मङ्लबार, अशोज १, २०८१युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१-
मरिण खोलामा डुबेर एकजनाको मृत्यु
बुधबार, अशोज २, २०८१ -
कमलामाई नगरपालिकाले वैदेशिक रोजगार बोर्डबाट प्रदान गर्ने..
मङ्लबार, अशोज १, २०८१ -
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१
-
मरिण खोलामा डुबेर एकजनाको मृत्यु
बुधबार, अशोज २, २०८१ -
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१