सुर्य लाईफद्वारा उत्कृष्ठ अभिकर्ता सम्मानीत

सिन्धुली, २६ भाद्र
सुर्य लाईफ इन्स्योरेन्स कम्पनी सिन्धुलीले आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ठ काम गर्ने १० जना अभिकर्ता तथा एजेन्सि म्यानेजरलाई सम्मान गरेको छ । शनिवार सिन्धुलीमाढीमा एक औपचारी कार्यक्रम गरेर अभिकर्ता तथा एजेन्सि म्यानेजरहरुलाई सम्मान गरेको हो ।
उत्कृष्ठ एजेन्सि म्यानेजरहरु तारा कार्की, सन्तोष श्रेष्ठ, कुलबहादुर श्रेष्ठ सम्मानित भएका छन् । त्यस्तै अभिकर्ताहरु सशीकला श्रेष्ठ, सुनिता घिमिरे र सिशीराज ढकाल सम्मानित भएका छन् । सम्मानित हुनेमा अम्बरबहादुर श्रेष्ठ, मिना दाहाल, रमा गिरी, लक्ष्मीराज श्रेष्ठ, रुपा लिम्बु र इन्द्रबहादुर भुजेल रहेका छन् ।
उत्कृष्ठ अभिकर्ताहरुलाई सुर्य लाईफ इन्स्योरेन्स शाखा सिन्धुलीका ब्रान्च म्यानेजर विष्णु ढकालले प्रशंसापत्र पदान गरेर सम्मान गर्नु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *