किन टिक्दैनन् मिडियामा कर्मचारी ?
 
 						ग्रामिण जिल्लाका मिडिया हाउसमा काम गर्ने कर्मचारीहरुको अवस्था त झन दर्दनाक छ । वर्षमा ३ वटा मिडिया हाउस सम्म फेर्नुपर्ने अवस्था कर्मचारीहरुको छ । मिडिया सन्चालकमा आफ्ना कर्मचारीलाई ‘कर्मचारी’ नठानेर ‘कामदार’ मात्र ठान्ने प्रवृत्ति मौलाउँदै जाँदा कर्मचारीहरु एउटै मिडियामा लामो समय रहन सक्दैनन् ।
मिडियालाई राज्यको चौथो अंग मानिन्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पछि चौथो अंगका रुपमा रहेको मिडियालाई अत्यन्त सम्मानित पेशाको रुपमा सवैले स्विकार गरिरहेका छन् । देशमा स्थापना भएका हजारौँ मिडिया हाउसमा लाखौं युवाहरुले रोजगार पाइरहेका छन् । मिडियाकर्मी भएर काम गर्ने धेरै युवाहरुको रुचीको विषय हुन्छ भने कतिपयको आफ्नो भविष्यको लक्ष्य नै मिडियाकर्मी बन्ने हुन्छ । फरक यत्ति हो कि कोही क्याम्पस गएर पढेर पास गरेको प्रमाण पत्र लिएर मिडियाकर्मी बन्छन् भने कोहि आवस्यक तालिम तथा अभ्यास र अनुभव बोकेर मिडियाकर्मी बन्छन् ।
देशमा हजारौं हजार मिडिया हाउसहरु सन्चालनमा छन् । लगानीको हिसाबले हेर्ने हो भने व्यवसायी, राजनीतिकर्मी, समाजसेवी, बुद्धिजिवी, नेता, कार्यकर्ता सवैको लगानी भएका मिडिया हाउसहरु सन्चालनमा छन् । अझ कतिपय मिडिया हाउसहरुलाई त पार्टीद्धारा सन्चालित भनेर पनि आरोपहरु लागिरहेका छन् र देखिन्छ पनि त्यस्तै । त्यहाँ काम गर्ने कर्मचारीहरु पनि (केहि भन्दा बाहेक) प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै न कुनै दलसंग आवद्ध भएकै हुन्छन् । मिडियामा कर्मचारी भएर काम गर्नु कसैको रहर होला, कसैको बाध्यता त कसैका लागि अवसर पनि । जसरी काम गरेपनि आफ्नो मिडिया हाउसमा काम गर्ने कर्मचारीहरुलाई दक्षता, क्षमता र सीपको आधारमा दिर्घकालिन अवस्थासम्म टिकाइराख्नु मिडिया हाउसको जिम्मेवारी हुन्छ । तर वर्तमान त्यस्तो छैन । कहिले मिडिया हाउसका कारण यो पेशा माथि औंला उठिरहेको छ भने कहिले मिडियाकर्मीले आफ्नो पेशाको धर्म र बाटो बिर्सिएर निरन्तर गलत कर्मलाई निरन्तरता दिएका कारण यो सम्मानित पेशा माथि आम नागरिकको विश्वास घट्दै गइरहेको छ ।
एउटा मिडिया हाउसमा काम गर्ने कर्मचारी एक वर्षपछि सोहि मिडिया हाउसमा भेट्न मुस्किल पर्छ । देशका ठूला भनेर पगरी गुथाइएका मिडिया हाउसमा समेत कर्मचारीहरु लामो समय टिक्न सकेका छैनन् । झन ग्रामिण जिल्लाका मिडिया हाउसमा काम गर्ने कर्मचारीहरुको अवस्था त झन दर्दनाक छ । वर्षमा ३ वटा मिडिया हाउस सम्म फेर्नुपर्ने अवस्था कर्मचारीहरुको छ । मिडिया सन्चालकमा आफ्ना कर्मचारीलाई ‘कर्मचारी’ नठानेर ‘कामदार’ मात्र ठान्ने प्रवृत्ति मौलाउँदै जाँदा कर्मचारीहरु एउटै मिडियामा लामो समय रहन सक्दैनन् । अझ भनौँ मिडिया हाउसले टिक्न सक्ने वातावरण बनाउन सकिरहेको छैन । वास्तविक कारण केलाउने हो भने मिडिया हाउसका नेतृत्वको कमजारीका कारण कर्मचारीहरु मिडियामा लामो समय टिक्न नसकिरहेको कुरा घाम झैं छर्लंग छ ।
त्यसो त कतिपय अवस्थामा कर्मचारीका कारण पनि मिडिया हाउस संकटमा पर्ने गरेका छन् । जसको सम्पूर्ण नोक्सानी मिडिया हाउसले नै व्यहोरिरहेको छ । तर यस्ता घटना औंलामा गन्न सकिन्छ । न्युनतम पारिश्रमीक र नियुक्ति त निकै परका कुरा समयमा पारिश्रमिक उपलव्ध गराए पनि आफ्नो दैनिकी सहज तरिकाले चलाउँन हुन्थ्यो भन्ने आसयका कुरा नेतृत्वसामु राख्दा समेत ‘काला गए गोरा आउँछन्’ भन्ने जवाफ संगै नैतिक दबाबमा सँस्था छोड्न बाध्य पारिन्छ मिडिया हाउसमा । बरु वर्षैभरि कर्मचारी फेर्न तयार रहने तर उनिहरुको स्थायित्वका लागि माखो नमार्ने सामन्ती शैलीउन्मुख व्यक्तिहरु मिडिया हाउस सन्चालक रहुन्जेलसम्म मिडिया हाउसमा कर्मचारीहरु टिक्न सक्दैनन् भन्दा फरक नपर्ला


 सिन्धुली खबर
								सिन्धुली खबर								
 
 														 
 														 
 														 
 														 
 														 
 										 
 										 
 										 
 										 
 										 
 										 
 										