• सिन्धुली जिल्लाका विकट स्थानहरु मध्य एउटा विकट स्थान हो फिक्कल गाउँपालिका वडा नं. ६ महादेवडाँडा । उत्तरी मोहडामा फैलिएको यो वडा समुन्द्री सतहबाट करिव ४ सय मिटर देखि करिव २ हजार ३ सय मिटर सम्मको उचाइमा रहेको छ । जिल्ला सदरमुकामबाट १८ कोष उत्तर–पुर्वमा रहेको यस स्थानमा सुनुवार जातिको वाहुल्यता रहेकोछ भने वाहुन, क्षेत्री, मगर, दमाई, भुजेल जातिको समेत वसोवास रहेको छ ।

    यहाँको मुख्य पेशा कृषि नै भएतापनि सिचाईको असुविधाका कारण उत्पादन भने सोचे अनुसारको हुँदैन । राताम्य मनमोहक लालीगुराँस र प्रसिद्ध फिक्कलका कारण महाभारत श्रृंखलामा अवस्थित यस वडा पर्यटकीय क्षेत्र मात्र नभएर विकासमा समेत उत्तिकै सम्भावना बोकेको क्षेत्र हो । यस वडाको पूर्वमा रत्नावती, उत्तरमा सोल्पाठाना, दक्षिणमा जिनाखु, अरुणठाकुर र पश्चिममा खोलागाँउ तथा वाहुनतिल्पुङ्ग पर्दछन् । यहाँबाट मध्यपहाडि लोकमार्ग सम्म पुग्न करिव ५ कोष दुरीको कच्चि सडक पार गर्नुपर्दछ ।

    USAID को आर्थिक सहयोग तथा Save the Children / Helen Keller International लगाएत १० वटा संस्थाहरुको अगुवाइमा स्थानिय साझेदार संस्था हाम्रो प्रयास नेपाल सिन्धुली र सिड्स नेपालले जिल्लाका २१ स्थानमा सबल कार्यक्रम अन्तरगत जीविकोपार्जन, स्वास्थ्य तथा पोषण र विपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन अनुकुलन सम्बन्धी कार्यक्रमहरु सम्पन्न गरेको छ । जसमा जिल्लाको पुर्वतिरका ८ वटा महादेवडाँडा, रत्नावती, अरुणठाकुर, ककुरठाकुर, आम्वोटे, जिनाखु, हत्पते र निपानेमा हाम्रो प्रयास नेपाल सिन्धुलीले कार्यक्रम सन्चालन सम्पन्न गरेको छ भने अर्को साझेदार संस्था सिड्स नेपालले पश्चिम तर्फका १३ वटा स्थानमा सबलको कार्यक्रम सम्पन्न गरेको छ । सवल कार्यक्रम सन्चालन भएको स्थान मध्य महादेवडाँडा पनि एक हो ।
    फिक्कल गाउँपालिका वडा नं.६ महादेवडाँडामा सञ्चालन गरिएको सबल कार्यक्रममा जीविकोपार्जनका जम्मा १६ वटा समूह छन् । जसमा १६७ महिला र १५४ जना पुरुष गरी जम्मा ३२१ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यसैगरी स्वास्थ्य तथा पोषण समूह अन्तर्गत यहाँ (साविकको प्रतिवडा) एउटा समूहका दरले ९ वटा समूहहरु निर्माण गरिएका छन् । जसमा १४५ जना महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यस महादेवडाँडाको तल्लोसोलिडाँँडो, थाक्लेडाडा, गोठडाडाँ र समिडाँडामा विपद जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकुलन अन्तर्गत विभिन्न कार्यदलहरु गठनगरीएको छ । जसमा करिव ५२ घरधुरीहरु समेटिएका छन् ।
    सबलको कार्यक्रम लागू भए पश्चात यहाँ जीविकोपार्जन, स्वास्थ्य तथा पोषण र विपद जोखिम न्यूनिकरण सम्बन्धि विभिन्न तामिल तथा अभिमुखिकरण कार्यक्रमहरु सन्चालन गरिएका गरिएको थियो । जसबाट यहाँका स्थानियलाई ब्यावसायिक खेतिगरी आयआर्जन गर्न, आफ्नो स्वास्थ्य अवस्था प्रति सचेत रहन र भविष्यमा आइपर्ने प्राकृतिक विपत्तिबाट हुनसक्ने संभावित क्षेतिबाट सजग रहनका लागि सहयोग पुगेको छ ।

    महादेवडाँडाका स्थानिय बासिन्दाहरुले सबल कार्यक्रमद्धारा पहिलो चरणमा ७ जनालाई डकर्मी तालिम प्रदान गरिएपछि अहिले उनिहरु तिनै जनशक्ति मार्फित भुकम्प प्रतिरोधक घरहरु निर्माण गरिरहेका छन् । जसमा महादेवडाँडाकी महिला हेमकुमारी सुनुवारले मात्र तालिम पश्चात ५ वटा घर सम्पन्न गरिसक्नुभएको भने अरु ३ वटा घर निर्माणको सुरुवात गर्नुभएको छ । यसका साथै तालिम लिएका अन्य डकर्मीहरुले पनि गाँउमै घर बनाउने काम गरेर राम्रो कमाइ गर्दै आइरहेका छन् ।
    त्यस्तै विस्तारित घरायसी खाद्यान्न उत्पादन सम्बन्धी तालिम पश्चात यहाँका स्थानीयहरु आफ्नो घर वरीपरिको करेसावारीमा विभिन्न जातका तरकारी तथा सागसब्जीहरु उत्पादन गर्नुको साथै अर्धबन्देज कुखुराको खोर निर्माणगरी कुखुरापालन व्यवसायमा समेत लागेका छन् । सबलको कार्यक्रम लागू भए पश्चात महादेवडाँडालाई आलुको पकेटक्षेत्र बनाउने उद्देश्य अनुरुप जीविकोपार्जन समूह भित्रका सदस्यहरुलाई आलुको ब्यावसायिक खेति सम्वन्धी तालिमहरु समेत प्रदान गरिएकोछ । यसरी जिल्लाको विकट मध्येको एउटा महादेवडाँडामा USAID को आर्थिक सहयोगमा सन्चालित सवल कार्यक्रम अन्तरगत स्थानिय साझेदार संस्था हाम्रो प्रयास नेपाल सिन्धुलीले सन्चालन गरेको सिपमुलक तथा स्वास्थ्यमुलक कार्यक्रमहरुले यहाँका स्थानियमा उत्साह संगै निकै परिवर्तन ल्याएको छ ।

    अहिले सवल कार्यक्रम अन्तरगत पहिलो चरणका सवै कार्यक्रमहरु सम्पन्न भैसकेका छन् । परियोजना सम्पन्न भएर कार्यक्रम सकिए पनि परियोजना अन्तरगत रहेर तालिम तथा सीप पाएका किसानहरु अझै पनि आयमुलक कामहरु गर्दै आइरहेका छन् । परियोजना अन्तरगत गठन भएका समूहहरु सन्चालनमै छन् । आफूले पाएको सीपलाई अधिकांस महिला पुरुषले प्रयोगमा ल्याइरहेका छन् । यो नै एउटा उदाहरणिय कार्य भएको मान्दै स्थानियहरु भन्छन् ‘सवल परियोजना सकिए पनि हामीले पाएको सीप सकिएको छैन ।’

    –यम सुनुवारको सहयोगमा तयार पारिएको