दुग्धजन्य परिकार बनाउने ५ दिने सीप विकास तालिमको समापन
सिन्धुली/गत शुक्रबार बाट सुरु गरीएको दुग्धजन्य परिकार बनाउने ५ दिने सीप विकास तालिमको आज मंगलबार समापन गरीएको छ ।
आज एक कार्यक्रम बिच समापन गरीएको तालिममा कमलामाई नगरपालिका भित्रका ९ जना युवाहरुको सहभागीता रहेको थियो ।
कमलामाई नगरपालिका उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाको आर्थिक वर्ष. २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तालिमको आयोजना गरीएको हो ।
कार्यक्रममा नगर उपप्रमुख मञ्जु देवकोटाले यस प्रकारका सीपमूलक तालिमहरूले युवाहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुहुँदै दुग्धजन्य उत्पादनलाई व्यवसायिक रूपमा अगाडि बढाउन सकिने सम्भावनाहरु रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै आयआर्जनका अवसर सिर्जना गर्न नगरपालिका प्रतिबद्ध रहेको र आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने विश्वास व्यक्त गर्नु भएको छ ।
त्यसैगरी कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्दै सहभागीहरूले स्वरोजगारतर्फ अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।त्यस्तौ उहाँले यस्ता प्रकारका तालिमहरूले स्थानीय स्तरमा उत्पादन वृद्धि र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै सहभागीहरूलाई सिकेको ज्ञानलाई सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।
कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको अध्यक्षतामा तथा नगर उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा समापन भएको कार्यक्राममा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, सम्बन्धित शाखाका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

