कमलामाईले खाजा समयमा समेत अवरुद्ध नहुने गरी निरन्तर सेवा प्रवाह गर्ने
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले खाजा समयमा समेत अवरुद्ध नहुने गरी निरन्तर सेवा प्रवाह गर्ने भएको छ ।
पालिकाले आज बुधबार एक सूचना प्रकाशन गर्दे खाजा समयमा समेत अवरुद्ध नहुने गरी निरन्तर सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको जानकारी दिएको हो ।
पालिकाले आफ्ना कार्यालय तथा मातहतका सबै निकायहरूमा सेवाग्राहीलाई दिइने सेवाहरु कार्यालय समयमा जुन सुकै बेला पनि लिन सक्ने पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।
त्यस्तै पालिकाको यस कदमले सेवाग्राहीलाई अझै धेरै सहज र प्रभावकारी सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया

