सञ्चारकर्मीहरूसँग जनस्वास्थ्य कार्यालय सिन्धुलीको अन्तरक्रिया

सिन्धुली/सिन्धुलीमा आज बुधबार जिल्लामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरू र हालसम्म भएको प्रगतिबारे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको छ ।

अन्तक्रिया कार्यक्रम बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा आज सिन्धुलीमाढीमा गरिएको हो।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुली,आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुली र जिल्ला अस्पताल सिन्धुलीले हाल सम्म गरेका प्रगतिहरुकाबारेमा जनकारी गराईएको थियो।

अन्तरक्रियामा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका निमित्त प्रमुख दिपकराज तिमल्सिनाले कार्यालयबाट प्रदान गरिँदै आएका सेवा, प्रमुख कार्यक्रम, उपलब्धि तथा चुनौतीबारे प्रस्तुतीकरण गर्नुहुँदै पछिल्लो समय आयुर्वेदप्रति नागरिकको आकर्षण दिनप्रति बढ्दै गएको बताउनुभयो । उहाँको अनुसार यस चालु आर्थिक वर्षमा मात्र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीबाट ३१ हजार ४ सय ६५ जनाले सेवा लिएका छन् ।

त्यसैगरी जिल्ला अस्पताल सिन्धुलीका निर्देशक डाः शुसान्त कुमार खड्काले अस्पतालबाट प्रदान गरिएको सेवा, सुविधा, हालसम्मका उपलब्धी, प्रगतिहरु बताउनुहुँदै त्यसका सुधारहरू,प्रयासहरु, चुनौती तथा समस्याहरु, आगामी योजना, लक्ष्य तथा सुधारका रणनीतिहहरु लगायतका बिषयमा जानकारी गराउँनुभयो । त्यस्तै खड्काले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि अस्पतालले हर प्रयासहरू गरिरहेको जानकारी दिनुभयो ।

साथै अन्तरक्रियामा जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेलले चालु आर्थिक वर्ष २०८२/८३ मा भएका मुख्य उपलब्धिहरू प्रस्तुत गर्नुहुँदै जनस्वाथ्य कार्यालयले १ सय वटा खानेपानी स्रोतको नमुना परीक्षण गरेको, ५ सय ६५ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको तथा १७७ सवारी चालकको लागुपदार्थ सेवन जाँच गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *