४७ हजार मेट्रिक टन भन्दा बढि हिउँदे आलु उत्पादन

सिन्धुली/यस वर्ष सिन्धुलीमा ४७ हजार मेट्रिक टन भन्दा बढि हिउँदे आलु उत्पादन भएको छ ।

कृषि विकास कार्यालय सिन्धुलीका अनुसार यस वर्ष जिल्लामा ४७ हजार ७ सय ३९ मेट्रिक टन हिउँदे आलु उत्पादन भएको हो ।

९ ओटा स्थानीय तहहरु रहेको सिन्धुलीमा यस वर्ष हिउँदे आलु २ हजार ६ सय ५१ हेक्टर क्षेत्रफलमा लगाइएको थियो । कार्यालयका सूचना अधिकरी उमादेवी श्रेष्ठका अनुसार यस वर्ष कमलामाई नगरपालिकामा मात्रै ५ हजार ३ सय ३८ मेट्रिक टन आलु उत्पादन भएको छ ।

नगरभित्रका कृषकहरुले २ सय ९६ हेक्टर क्षेत्रफलमा आलु खेती गरेका थिए । त्यस्तै दुधौली नगरपालिकामा ३ सय ९९ हेक्टर क्षेत्रफलमा लागाइएको थियो । दुधौली नगरपालिकामा यस वर्ष ५ हजार ८ सय २४ मेट्रिक टन आलु उत्पादन भएको छ ।

त्यसैगरी सुनकोशीमा ११ हजार ७ सय २३, घ्याङलेखमा १ हजार ६ सय ९, फिक्कलमा ७ हजार ४ सय २०, तीनपाटमा ७ हजार ६ सय ४५, मरिणमा २ हजार १ सय २८, हरिहरपुरगढीमा २ हजार ७ सय २० र गोलन्जोर गाउँपालिकामा ३ हजार २ सय ८२ मेट्रिक टन हिउँदे आलु उत्पादन भएको कृषि विकास कार्यालय सिन्धुलीका सूचना अधिकारी उमादेवी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुनकोशीमा ५ सय ६८, घ्याङलेखमा ९२, फिक्कलमा ४ सय ५०, तीनपाटमा ३ सय ९५, मरिणमा १ सय ३३, हरिहरपुरगढीमा १ सय ३६ र गोलन्जोर गाउँपालिकामा १ सय ८२ हेक्टर क्षेत्रफलमा आलु लाएइएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *