१ सय ८० जान कृषकहरुलाई वर्षे घाँसको बीउ वितरण गरीयो

 

सिन्धुली/पशु सेवा कार्यालय सिन्धुलीले जिल्लाका १ सय ८० जान कृषकहरुलाई वर्षे घाँसको बीउ वितरण गरेको छ ।

पशु सेवा कार्यालय सिन्धुलीले आज सोमबार एक कार्यक्रमको आयोजना गर्दै वर्षे घाँसको बीउ वितरण गरेको हो ।कार्यालयको अनुसार मकैचरी, सुडान र बजराजात लगाएतका घाँसको बीउ वितरण गरीएको छ ।

पशु पालक कृषकहरु तथा सहकारीहरुलाई आहारमा लाग्ने लागत कम गर्न र कृषकको आयआर्जन वृद्धि गर्न व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने उद्देश्यले बीउ वितरण गरिएको पशु सेवा कार्यालय सिन्धुलीका  अधिकृत जगदेव राउतले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।

उहाँको अनुसार सबै भन्दा धेरै घाँसको बीउ कमलामाई नगरपालिकाका कृषकहरुले लिएका छन् ।अधिकृत राउतल अनुसार बीउ आउँदो शनिबारसम्म वितरण गर्ने योजना रहे पनि कृषकहरूको अत्यधिक मागका भए पश्चात आज सोमबार नै वितरण गरीएकोे छ ।

त्यस्तै कृषकलाई हरेक वर्ष तीन पटक सम्म पशु सेवा कार्यालय सिन्धुलीले घाँसको बीउ वितरण गर्दे आईरहेको छ ।

यसैबीच, पशु सेवा कार्यालय रामेछापबाट पनि मंगलबारदेखि चैत २२ गतेसम्म घाँसको बीउ वितरण गरिने पशु सेवा कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *