विपि राजमार्गमा लापसे चेकजाँच
सिन्धुली/सिन्धुलीमाढीमा आज बुधबार विपि राजमार्गमा चल्ने सार्बजनिक सवारी साधनका चालक र सहचालकहरुको लापसे (लागु पदार्थ सेवन) चेकजाँच गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूय प्रकाश सुवेदीको अनुसार कमलामाई नगरपालिका ४ हिरापानी स्थित चेकपोष्टमा ट्राफिक प्रहरी कार्यालय सिन्धुली, प्रहरी चौकी ढुङ्ग्रेबास र जिल्ला अस्पताल सिन्धुलीबाट चिकित्सक सहित खटिएका ८ जनाको टोलीले लापसे चेकजाँच गरेका हुन् ।
उहाँको अनुसार ४२ वटा सबारी साधन चेकजाँच गर्दा २ वटा सवारी चालकले लापसे सेवन गरि गाडी चलाएको पाईएको छ ।
प्रहरीको अनुसार बा.प्र.०३–००१ ज १२७३ नम्बरको ई.भी हायस चालक धनुषाको जनकपुर उपमहानगरपालिका १९ बस्ने ३५ बर्षीय प्रफुल्ल यादव र बा.प्र.०१–०३०च ७८७० नम्बरको पिकअप चालक महत्तरी बर्दिबास नगरपालिका ३ बस्ने २१ बर्षीय विर बहादुर पासे मगरलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी गरीएको छ ।

