तीन दिने प्रवद्र्धन तथा प्रदर्शनी कार्यक्रम आजबाट सुरु

सिन्धुली/सिन्धुलीमाढीमा ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला उद्यमशीलता प्रवद्र्धन तथा प्रदर्शनी कार्यक्रम आजबाट सुरु भएको छ ।

“सबै महिला र बालिकाको लागि अधिकारः न्याय र कार्यसहितको अवसर” भन्ने मुल नाराका साथ आज बुधबारबाट सुरु भएको प्रवद्र्धन तथा प्रदर्शनी मेला तिन दिन सम्म कमलामाई नगरपालिका ६ चिल्डे«न पार्क अगाडी संचानल हुने छ ।

कमलामाई नगरपालिका ६ मा अवस्थित सौगात लघु उद्यम सहकारी संस्था लिमिटेडको आयोजना तथा कमलामाई नगरपालिका ४, ५ र ६ संगै ह्याण्ड्स नेपाल र प्लान इन्टरनेशनलको आर्थिक सहयोग उक्त कार्यक्रम संचालन भएको हो ।

२९ गते सम्म अर्थात तिन दिन सम्म कमलामाई नगरपालिका ६ चिल्डे«न पार्क अगाडी संचानल हुने मेलामा विभिन्न परिकार विक्री वितरण तथा प्रदर्शनी, उत्पादन प्रदर्शनी, उद्यमी आवाज लगायत सन्देशमुलक कार्यक्रमहरु सञ्चालन हुने छन् भने २० ओटा स्टलहरु रहने छन् ।

विशेषत श्रमिक महिलाहरुलाई सम्मान गर्दै आत्मानिर्भर हुन थप प्रोत्सान मिलोस् र महिलाको हकअधिकार र दक्षतालाई कायम राख्न मदत पुगोस् भन्ने हेतुका साथ कार्यक्रमको आयोजना गरिएको सौगात लघु उद्यम सहकारी संस्था लिमिटेडलका अध्यक्ष विमला थापाले बताउनुभयो ।उहाँले महिलाहरुले चाहेमा सबै कामहरु गर्न सक्ने समेत बताउनुभयो ।

प्रमुख अतिथि समेत रहनुभएको प्रमुख जिल्ला अधिकारीले कार्यक्रममा बोल्दैँ सबै उद्यमी महिलाहरु लाई एकै ठाउँ जम्मा पारेर उद्यमशीलता प्रवद्र्धन तथा प्रदर्शनी कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुहुदैँ अब महिलाहरु घरका घरधन्दा मात्र हैन बिस्तारै बिस्तारै आफैले अरुलाई रोजगारी दिन सक्ने भएका बताउनुभयो ।

सौगात लघु उद्यम सहकारी संस्था लिमिटेडका अध्यक्ष विमला थापाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थीत सहकारीका अध्यक्षहरु, कमलामाई नगरपालिका ४र ५का वडा अध्यक्षहरु र पत्रकारहरुको उपस्थीती रहेको थियो ।

नारी दिवस महिला जागरुकता सम्बन्धी दिवस हो । जुन प्रत्येक वर्ष ८ मार्चमा विश्वभरी नै मनाइने गरिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *