इलाम २ मा सुहाङको दोश्रो सफलता
सिन्धुली/इलाम क्षेत्र २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेका युवा नेता सुहाङ नेम्वाङ विजयी हुनुभएको छ।
नेम्वाङ २२ हजार ४ सय २६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६ सय ४७ मत ल्याउनुभएको छ।
त्यस्तै श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४ सय मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले ७,८१४ र नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १,१७२ मत ल्याउन सफल हुनुभएको छ ।
नेम्वाङ यसअघि २०७९ को प्रतिनिधि सभाको चुनावमा समेत सोही क्षेत्रबाट बिजयी उमेदवार हुन् । प्रतिनिधि सभामा वहाँको यो दोश्रो उपस्तिथि हो।
प्रतिक्रिया

