सुनसरी क्षेत्र नम्बर १ मा साम्पाङ बिजयी

 

सिन्धुली/सुनसरी १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ ३५ हजार ७४१ मतसहित विजयी हुनुभएको छ ।

साम्पाङले निकटम प्रतिद्वन्द्वी गोमा तामाङलाई ८ हजार ४ सय ९२ मतले पछि पार्दै विजयी हुनुभएको हो ।
प्रतिद्वन्द्वी रास्वपाका गोमा तामाङले भने २७ हजार २४९ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका मनोज भट्टराईले ६ हजार १ सय ८५ मत ल्याउनुभएको छ ।

यस विजयसँगै सामाजिक संजालहरुमा हर्क साम्पाङलाई उनका समर्थकहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् । जेनजी आन्दोलनपछि खुलेको श्रम संस्कृति पार्टी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो पटक सहभागी भएको हो । साम्पाङ धरान उपमहानगरपालिको मेयर पदबाट राजिनामा दिएर प्रतिनिधि सभा सदस्यको उमेदवार बन्नुभएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *