सुनकोशी नदीमा डुबेर एक जना बेपत्ता

सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ हर्दैनी पुल नजिक पौडी खेल्ने क्रममा सुनकोशी नदीमा डुबेर एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सूवेदीको अनुसार बेपत्ता हुनेमा सोहि स्थानका पशुपति कोईरालाका १७ बर्षीय छोरा सुमित कोईराला रहेका छन् ।

सूवेदीको अनुसार कोईराला आज बुधबार दिउँसो २.२० बजेको समयमा पौडी खेल्ने क्रममा डुवी बेपत्ता भएका थिए । डुवी बेपत्ता भए पश्चात उनलाइ खोजी गर्न स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । खबर प्रप्ता हुनसाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक बसन्त बहादुर भुजेल र शसस्त्र प्रहरीको गोता खोर सहितको टोली घटनास्थल पुगी खोजतलास कार्य सुरु गरेको छ ।

घटना स्थल नजिकमा बेपत्ता सुमितले लगाएको कपडा लगाएत मोबाइल फोन फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *