बस र स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु
सिन्धुली/सिन्धुलीको विपि राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ४ हिरापानीमा बस र स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सूवेदीको अनुसार मृत्यु हुनेमा सिन्धुली गोलन्जोर गाउँपालिका २ बित्तिजोर भङ्झ्याङ घर भई हाल कमलामाई नगरपालिका ६ धुराबाजर बस्ने ३४/३५ वर्षीय चन्द्र श्रेष्ठ रहेको छन् ।
उहाँको अनुसार दुर्घटनामा परी गम्भिर घाईते भएका स्कुटर चालकलाई उपचारको लागि तत्काल सिन्धुली अस्पतालमा ल्याईएकोमा चेकजाँच पश्चात दिउँसो साढे १ बजेको समयमा उनलाई डाक्टरले मृत्यु भएको घोषणा गरेका थिए ।
आज बुधबार १२.५५ बजेको समयमा काठमाण्डौंबाट मरिण तर्फ जान आउँदै गरेको बा.४.ख ३८९४ नम्बरको बस र सिन्धुलीबाट चियाबारीतर्फ जांदै गरेका ज १०.प.९२३ नम्बरको स्कुटर आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सूवेदीको अनुसार चालक सिन्धुली हरिहरपुरगढी गाउँपालिका ५ बस्ने ४१ बर्षीय राज कुमार माझि र बसलाई नियन्त्रणमा लिईएको छ ।

