सिन्धुलीमा निर्वाचन आचारसंहिता सम्बन्धी सर्वपक्षीय छलफल
सिन्धुली/सिन्धुलीमा आज सोमबार निर्वाचन आचारसंहिता सम्बन्धी सर्वपक्षीय छलफल गरीएको छ ।आगामी निर्वाचनलाई कसरी स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सकिन्छ उद्देश्यले सर्वपक्षीय छलफल गरीएको हो ।
सर्वपक्षीय छलफलका क्रममा केही राजनीतिक दलका नेताहरूले निर्वाचन आचारसंहिता विपरीत प्रचार–प्रसार भएको गुनासो राख्दै त्यसलाई कारवाही गर्न माग समेत गरका छन् ।
हालसम्म प्रशासनमा निर्वाचन सम्बन्धीका तीन वटा उजुरी आएको र त्यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
सो छलफलमा सिन्धुलीका निर्वाचन अधिकृतले निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरुको पनि ठुलो हातहुने भएकाले गर्दा राजनीतिलहरु लाई सहयोग गर्न आग्रह गर्नु भएको छ ।
त्यस्तै शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक तयारी भईरहेको उहाँको बताउनुभयो । छलफलमा विभिन्न राजनीतिक दलका नेताहरु तथा प्रतिनिधिहरू र पत्रकारहरुको सहभागिता रहेको थियो।

