मरिणमा जनयुद्ध दिवसको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान
सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा विभिन्न व्यक्तिहरु लाई सम्मान गरेको छ ।पालिकाले आज शुक्रबार जनयुद्ध दिवसको अवसर पारेर पालिकाका सहिद परिवार, द्धन्द्ध पिडित बालबालिकाहरु, आमाबुवा विहीन बालबालिकाहरु,स्नातक तह उत्र्तिण गर्ने अविवाहित किशोरीहरु ,एसईईमा उत्कृष्ट नजिता ल्याउने विद्यार्थी र स्कुलहरुलाई पुरस्कृत गर्दै सो दिवसको मनाएको हो ।
गाउँपालिकाले सहिद परिवार सम्मान कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका ५० जना सहिद परिवारलाइ जनही २० हजार रुपैयाँ प्रदान गर्दे सम्मन गरेको पालिकाले जानकारी दिएको छ ।त्यस्तै आमाबुवा विहीन भएका ९८ जना बालबालिकाहरुलाई जनही २४ हजार रुपैयाँको दरले र द्धन्द्धपिडित बालबालिकाहरुलाई छात्रवृत्ति वितरण पनि गरिएको हो ।
पालिकाको अनुसार स्नातक तह उर्तिण गर्ने अविवाहित ५ जना किशोरीहरुलाई पनि जनही १ लाख रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिएको छ भने २०८१ को एसइईमा उत्कृष्ट अंक ल्याउन छात्रा एक जना र छात्र एक जनालाई ५०÷५० हजारका दरले पुरस्कार वितरण गरिएको छ ।
साथै २०८१ को एसइईमा धेरै विद्यार्थी उर्तिण गराउने तीन वटा विद्यालयलाई समेत क्रमश ३ लाख, २ लाख र १ लाख रुपौयाँको दरले पुरस्कार प्रदान गरिएको छ ।त्यस्तै साहि अवसरमा गएको बर्ष वितरण गरेर बाँकी रहेको १४ थान साईकलहरु पनि आजै किशोरीहरुलाई वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
पालिकाका अध्यक्ष विमर्श मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विमला माझी,प्रमुख प्रशासकीय अधिकृत श्महेश श्रेष्ठ,वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरू सरोकारवाला निकाय तथा कर्मचारीको उल्लेखनीय उपस्थिति रहेको थियो।

