देशलाई निकास दिने अहिलेको उत्तम विकल्प निर्वाचन नै हो : प्रचण्ड
सिन्धुली/नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले (प्रचण्ड) ले देशलाई निकास दिने उत्तम विकल्प निर्वाचन भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल सिन्धुलीले शनिवार सिन्धुलीमाडीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले निर्वाचन सहज नभए पनि यसलाई सफल पार्नु नै समस्या समाधानको उचित बाटो भएको स्पष्ट पार्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले यो निर्वाचन साधारण नभएको बताउँदै जनतामा गएर जनअनुमोदित हुनका लागि निर्वाचनलाई सफल बनाउनुपर्ने धारणा राख्नुभयो । यो पटकको चुनाव सामान्य परिस्थितको चुनाब नभएको बताउँदै वहाँले भन्नुभयो “जेन्जी आन्दोलन पश्चात विषम परिस्थितिमा निर्वाचन हुन गईरहेकोले हामीले यसलाई नियमित निर्वाचन जस्तो सामान्य परिस्थितिको निर्वाचन ठान्नु हुँदैन ।” दाहालले गत भदौ २३ र २४ गतेको विध्वंसले विषम परिस्थिति श्रृजना गरेको र यसले जनतामा जानुको विकल्प नभएको तर्क गर्दै जटिल परिस्थितिमा जनतामा जाने पहिलो पार्टी नेपाली कम्युनिष्ट पार्टी भएको दावी गर्नुभयो ।
अहिलेको निर्वाचनमा जानका लागि जेन्जी घटना पश्चात नयाँ परिस्थितिमा सहजिकरण गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सोहि पार्टीका सहसंयोजक माधव कुमार नेपाल बसेर हालको आन्तरिम सरकार बनाउन र त्यसलाई निर्वाचनमा लैजान धेरै सहजिकरण गरेको बताउनुभयो । अन्य पार्टीहरु बिच चुनावमा जाने भन्दा पनि संसद पूनःस्थापना गर्ने जस्ता कुराहरु चलिरहँदा आफू र आफ्नो पार्टीन भने निर्वाचनमा नै जाने र चुनावले नै सो परिस्थितिको समाधान गर्ने तर्फ केन्द्रित भएको बताउनुभयो ।
हरिबोल गजुरेललाई सिन्धुली २ बाट निर्वाचनमा उठ्न पटक पटक प्रस्ताब गरेको तर गजुरेलले अस्वीकार गरेकोले अर्काे विकल्पमा राजन दाहाललाई उम्मेदवार बनाइएको हो ।
नेपाली कम्युनिष्ट पार्टी सिन्धुलीको क्षेत्र नं. २ को टिकट र यससंग सम्वन्धित भएर विवादमा आएको विषयमा पनि संयोजक दाहालले प्रष्ट पार्नुभएको छ । सिन्धुली पार्टीको समस्या समाधान गर्न पटक पटक छलफल भएको बताउँदै दाहालले भन्नुभयो “हरिबोल गजुरेललाई सिन्धुली २ बाट निर्वाचनमा उठ्न पटक पटक प्रस्ताब गरेको तर गजुरेलले अस्वीकार गरेकोले अर्काे विकल्पमा राजन दाहाललाई उम्मेदवार बनाइएको हो ।”

छलफलका क्रममा निकै बहस तथा छलफल गरेर समस्या समाधानको उपाय खोजिए पनि दुवै पक्षबाट आत्माआलोचना गर्दे गल्ती स्विकार गर्न अस्विकार भएपछि टिकटको छिनोफानो गरिएको दाहालको भनाई छ । लेखनाथ दाहाल (राजन) बाट पार्टी सन्चालनका क्रममा केहि त्रुटी तथा कमीकजोरी भएका भए लिखित आत्मआलोचना गर्ने र गजुरेलले महेश्वर दाहालको प्रस्तावकबाट नाम फिर्ता लिने भनेर आफूले समाधानको बाटो खुला गरेको भएपनि दुवै पक्षबाट अस्विकार भएकाले अहिलेको अवस्था आएको दाहालको भनाई छ । प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलन सकेर अध्यक्ष दाहाल पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागि हुनुभएको छ ।

सिंगो देश यतिबेला निर्वाचनमा होमिएका बेला सिन्धुली क्षेत्र नं.२ को विवादलाई मात्र प्रचारबाजी गरेर विपक्षिहरुले मौकाको फाइदा लिनखोजेको दाहालको ठम्याइँ छ । अन्य पार्टीहरुलाई आफ्नो चुनावी प्रचारमा ध्यान दिन सुझाउँदै दाहालले अरुको घरभित्र भए नभएका विवाद खोजेर तिनलाई चुनावी फण्डा नबनाउन चेतावनी समेत दिनुभयो ।

