रत्यौली प्रतियोगिता सम्पन्न, रातमाटा प्लानिङ टोलविकास संस्था प्रथम

सिन्धुली/गत माघ ९ गते देखि सिन्धुलीको खुल्लामञ्चमा जारी “सिन्धुली महोत्सव २०८२” को चौथो दिन आयोजित रत्यौली प्रतियोगिता सम्पन्न भएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अनुसार सो प्रतियोगितामा ११ वटा टिमहरुको सहभागिता रहेको रहेको थियो ।

उहाँको अनुसार प्रतियोगितामा रातमाटा प्लानिङ टोलविकास संस्थाको टिम प्रथम हुन सफल भएको छ । फाइनल चरणमा पुगेका चारवटा टिमलाई पछि पार्दै रातमाटा प्लानिङ टोल विकास संस्थाको टिमले प्रथम स्थान हासिल गर्न सफल भएको संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सिन्धुुली खबरालाई जानकारी दिनुभयो ।

जिल्लामा पहिलो पटक भएको रत्यौली प्रतियोगितालाई दर्शकहरुले निकै चासो दिएका थिए ।साथै यसअघि विभिन्न प्रतियोगिताहरु सम्पन्न भइसकेको छ भने केहि प्रतियोगिताहरु सम्पन्न हुन बाँकिनै छ ।

सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको महोत्सवमा १९ गते सम्म अर्थात अब ६ दिन सम्म सिन्धुलीको कमलामाई ६ खुल्लामञ्चमा सञ्चालन हुने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *