सिन्धुली – १ मा १ स्वतन्त्र सहित ११ जनाको उमेदवारी
सिन्धुली/प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि सिन्धुली क्षेत्र नं. १ मा एक स्वतन्त्र उमेदवारी सहित ११ जनाको उमेद्वारी परेको छ ।
आज भएको उमेदवारी दर्तामा सिन्धुली निर्वाचन क्षेत्र नं. १ मा दश ओटा दल र एक जना स्वतन्त्र सहित एघार जनाले उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ ।
निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसको तर्फबाट उज्वल प्रसाद दाहाल, नेकपा एमालका तर्फाबाट प्रदिक कुमार कटुवालले र नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट डेकेन्द्र सुवेदीले उमेद्वारी दर्ता गराउनु भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनेन्द्र कार्की, नेपाल मजदुर किसान पार्टीबाट राजेन्द्र वखुन्छे, श्रम संस्कृति पार्टीबाट निमबहादुर मोक्तान, उज्यालो नेपाल पार्टीबाट मोतिलाल तामाङ, र नेशनल मंगोल अर्गनाईजेसनबाट सोमबहादुर घलानले उमेदवारी दिनु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामनारायण अधिकारी, राष्ट्रिय परिवर्तन पार्टीबाट सन्तोष कुमार सुनुवार, नेकपा (माओवादी)बाट सुशिल हमाल र स्वतन्त्रमा अमृत बहादुर विश्वकर्माको उमेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


