सिन्धुली –२ मा ५ स्वतन्त्र सहित १६ जनाको उमेदवारी

सिन्धुली/प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि सिन्धुली क्षेत्र नं. २ मा पाँच स्वतन्त्र उमेदवारी सहित १६ जनाको उमेद्वारी परेको छ ।

आज भएको उमेदवारी दर्तामा सिन्धुली निर्वाचन क्षेत्र नं. २ मा एघर ओटा दल र पाँच जना स्वतन्त्र सहित १६ जनाले उमेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ ।

निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसको तर्फबाट सुसिला थिङले, नेकपा एमोलका तर्फाबाट मनोजंग थापाले र नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट लेखनाथ दाहाल (राजन)ले उमेद्वारी दर्ता गराउनु भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशिष गजुरेल, नेला मजदुर पार्टीबाट रामेश्वरी कोजु, श्रम संस्कृति पार्टीबाट इन्द्रबहादुर वि.क., मंगोल अर्गनाइजेसन पार्टीबाट शन्तवीर लामा र मितेरी पार्टी नेपालबाट राजन आछामीले उमेदवारी दिनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मुकुन्दप्रसाद गजुरेल, प्रगतिशिल लोकतान्त्रीक पार्टीबाट निर्मल कुमार स्याङतान र नेकपा (माओवादी)बाट वर्ते बहादुर राई ले उमेदवारी दिनु भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्वतन्त्रमा महेश्वर दाहाल, खड्गबहादुर वाईवा, माधव प्रसाद न्यौपाने, नरहरि पौडेल र सरोज वि.क.ले उमेदवारी दिनुभएको छ । दाहाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य हुन् भने वाईवा नेपाली काँग्रेसका पूर्व उपसभापति तथा मधाधिवेशन प्रतिनिधि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *