“कमलामाई” गीति एल्बमको विमोचन
सिन्धुली/ सिन्धुलीको कमलामाई नगरपालिकाका पूर्व नगर प्रमुख खड्ग बहादुर खत्रीको शब्द तथा रचनामा तयार गरिएको “कमलामाई” गीति एल्बमको विमोचन गरिएको छ ।आज आईतबार एक बिशेष समारोह बिच “कमलामाई” गीति एल्बमको विमोचन गरिएको हो ।
कमलामाईको प्रचार प्रसार गर्दै जिल्लामा देश तथा बिदेशबाट अझ धेरै पर्यटकहरु भित्र¥याउँने उद्देश्यले गीतको रचना गरिएको हो । साथै सो गीतका रचनाकार तथा शब्दकार खड्ग बहादुर खत्रीले “कमलामाई” गीति एल्बमलाई हेर्न, सुन्न,प्रतिक्रिया दिन र प्रचार प्रसार गर्न समेत सबैलाई आग्रह गर्नुभएको छ । गीति एल्बम हेरे पश्चात जिल्लामा घुम्न आउने पर्यटकहरु बढ्ने अपेक्षा गरीएको छ ।
गीतमा संगीत तथा स्वर सिन्धुलीकै गायक भोजराज थापाको रहेको छ भने गित गायक थापाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । थापाले हाल सम्म ४ हजार भन्दा धेरै गितहरुमा स्वर दिसक्नु भएको छ ।
गीतको निर्देशन भोजराज थापाले गर्नुभएको छ भने छायांकन रेशम दर्लामी गर्नुभएको छ । साथै सम्पादन प्रदीप दाहालले गर्नुभएको छ ।
त्यस्तै सो गितको अभिनयमा भने गोपाल खड्का, मनिषा घिमिरे, शान्ता खत्री, आजित अधिकारी र रविन शंकरलाई देख्न सकिने छ ।


