मालपोत कार्यालय सिन्धुलीद्धारा पाँच महिनामा २ करोड भन्दा धेरै राजस्व संकलन
सिन्धुली/मालपोत कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२/८३ मा २ करोड ९७ लाख ४९ हजार १८ रुपौयाँ राजस्व संकलन गरेको छ ।मालपोत कार्यालय सिन्धुलीका मालपोत अधिकूत रोहित विश्वकर्माको अनुसार यस आवको पाँच महिनाको अवधिमा उक्त रकम संकलन भएको हो ।
मालपोत कार्यालयले अंशबण्डा, घर जग्गा रजिष्टे«शन लगाएतका शिर्षकबाट राजस्व संकलन गर्ने गरेको मालपोत कार्यालय सिन्धुलीका मालपोत अधिकूत रोहित विश्वकर्माले सिन्धुली खबरलाई जानकारी दिनुभयो । उहाँको अनुसार साउन महिना देखी मंसीर महिनाको मसान्तसम्मा उक्त राजस्व संकलन भएको हो ।
सो कार्यालयले उपलब्ध गरेको तथ्याङ्क अनुसार साउन महिनामा ५५ लाख ३९ हजार ५ सय ५८ रुपौयाँ राजस्व संकलन भएको छ भने भदौ महिनामा ५१ लाख ८४ हजार ५ सय २ रुपौयाँ राजस्व संकलन भएको छ ।त्यस्तै असोजमा ३९ लाख ४२ हजार ३ सय १ रुपौयाँ ,कार्तिक महिनामा ४२ लाख ८९ हजार २३ रुपौयाँ र मंसिर महिनामा १ करोड ७ लाख ९३ हजार ६ सय १६ रुपौयाँ राजस्व संकलन संकलन भएको हो ।
उसो त माथिको तथ्याङ्क हेर्दा सबै भन्दा धेरै राजस्व मंसिर महिनामा संकलन भएको छ ।उक्त महिनामा सो कार्यालयले १ करोड ७ लाख ९३ हजार ६ सय १६ रुपौयाँ राजस्व संकलन गरेको छ । त्यस्तै सबै भन्दा कम असोज महिनामा कम राजस्व संकलन भएको छ ।सो महिनामा ३९ लाख ४२ हजार ३ सय १ रुपौयाँ राजस्व संकलन भएको छ ।गत आर्थिक वर्षको साउन देखि असार मसान्तसम्मा सो कार्यालयले १० करोड ५३ लाख ७४ हजार ३ सय ५६ रुपैयाँ राजस्व संकलन गरेको थियो।


