छैटौं मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगितामा सोमबार बिभिन्न प्रतियोगिता सम्पन्न

सिन्धुली/ गत शुक्रबार बाट सरु भएको छैटौं मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगितामा आज सोमबार बिभिन्न प्रतियोगिताहरु सम्पन्न भएको छ ।वडास्तरीय तथा विद्यालयस्तरीय भलिबल, कराते र तेक्वान्दो लगाएका प्रतियोगिताहरु आज समापन भएको हो ।

कमलामाई नगरपालिका नगर खेलकुद विकास समितिको आयोजना भएको सो प्रतियोगिता शुत्रबारबाट सरु भएको थियो । आयोजकको अनुसार शुत्रबारबाट सुरु भएको उक्त प्रतियोगिताहरुमा सहभागि भएका विजेता तथा उपविजेता खेलाडीहरूलाई आज  मेडल तथा प्रमाणपत्र वितरण गरीएको थियो ।

कमलामाई नगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष लोक विक्रम थापाको अध्यक्षता तथा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख ,जिल्लास्थित खेलकुद संघ–संस्था, कर्मचारी, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, खेलकुद समितिका पदाधिकारी, विद्यार्थी तथा खेलप्रेमीहरूको सहभागिता रहेको थियो ।

त्यस्तै भोलि फुटबल प्रतियोगिता संचालन हुने आयोजकले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *