मेयर तथा उपमेयर कपमा भलिबल प्रतियोगिता सम्पन्न
सिन्धुली /गत शुक्रबार बाट सरु भएको छैटौं मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगितामा आज आईतबार भलबिल प्रतियोगिता सम्पन्न भएको छ ।कमलामाई नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको सो प्रतियोगिता भोली २१ गते सम्म सञ्चालन हुने छ ।
आज सम्पन्न भएको भलिबल प्रतियोगितामा मेयर तर्फ कमलामाई वडा नम्बर १० प्रथम भएको छ भने दोस्रो वडा नम्बर १ र तेस्रो वडा नम्बर ७ भएको छ ।त्यस्तै उपमेयर कप तर्फ सुर्योदय बोर्डिङ स्कुल प्रथम ,सिद्धबाबा बोर्डिङ स्कुल दोस्रो र सिद्धबाबा प्लस टु तेस्रो भएको आयोजकले जानकारी दिएको छ ।
आयोजकको अनुसार विद्यालय स्तरिय छैटौं मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगितामा निजि तथा सरकारी विद्यालयका १३ वटा टिम बिच प्रतिस्पर्धा भएको थियो । आयोजकको अनुसार अन्य प्रतियोगिता भोली सोमबार कमलामाई वडा नम्वर ६ स्थित खम्बे चौरको खेल मैदानमा संचालन हुने छ ।


