फिक्कल गाउँपालिकामा आठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने

सिन्धुली/ जिल्लाको फिक्कल गाउँपालिकामा आठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता संचालन हुने भएको छ ।गाउँपालिकाले शुक्रबार एक सुचना जारी गर्दे आठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता संचालन हुने जानकारी दिएको हो ।

पालिकाको अनुसार उक्त प्रतियोगिता गाउँपालिकाको आयोजनामा यहि पुष २४ गते देखि २६ गतेसम्म फिक्कल ४ को श्री सुनकोशी मा.वि. खाङसाङको खेलमैदानमा संचालन हुने छ ।प्रतियोगितामा सहभागि हुनको लागि पालिकाले यहि पुष २१ गते सम्म पालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा फाराम भरि पेश गर्न अनुरोध छ ।सो प्रतियोगितामा भलिवल,कबड्डी,एथ्लेटिक्स (उफ्रने र फ्याक्ने (फिल्ड तर्फ)हाइजम्प, लङजम्प, त्रिपल जम्प ज्याभ्लिङ थ्रो, सटफुट र एथ्लेटिक्स (दौड (ट्याक तर्फ) लगायतको छात्र तथा छात्राहरु दुबैको खेल संचालन हने छ ।

सहभागी विद्यार्थीहरूको नाम आइ इ एम आइ एस मा समावेश भएको हुन पर्ने र फोटो सहितको अनुसूची १ फाराम भर्नु पर्नेछ छ । त्यस्तै २९ गतेभित्र फाराम भरी शिक्षा शाखामा पेश गर्नु पर्नेछ । साथै सो मितिभित्र सहभागी फाराम दर्ता नगराउने विद्याथी र विद्यालयहरूलाई प्रतियोगितामा सहभागी नगराइने पालिकाले प्रकाशन गरेको उक्त पत्रममा उल्लेख गरीएको छ ।साथै सहभागी हुने विद्यार्थीले भरेको फाराम स्थानीय तहको व्यवस्थापन तथा निर्देशन समितिको सदस्य सचिवबाट प्रमाणित गराउनु पर्ने र ५ जन्ममिति २०६५।०१।०१ वा सो भन्दा पछाडी भएका (चालु शैक्षिक सत्रमा १८ वर्ष भन्दा कम उमेर भएका) हुनु पर्ने छ भने रनिङ शिल्ड प्रतियोगिता सञ्चालन कार्यविधिको अनूसूचीमा उल्लेख भएका ट्रयाक र फिल्ड खेलहरुमध्ये १ जना विद्यार्थीले बढिमा २ ट्रयाक १ फिल्ड वा २ फिल्ड १ ट्यार्क गरी जम्मा ११ जना मात्र सहभागी हुन पाउने छन् ।

साथै भलिबल र कबड्डी खेलमा सहभागी हुने खेलाडीले ट्रयाक र फिल्ड तर्फका अन्य कुनै खेलमा सहभागी हुन पाइनेछैन भने खेलाडी र विद्यालयका व्यवस्थापकहरुलाई खाना, खाजा, यातायात र आवास सम्बन्धित विद्यालयले बेहोर्नु पर्ने उक्त सुचनामा उल्लेख गरीएको छ

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *