साहित्यकार निरुपमको गीतसंग्रह ‘कुमारी माया’ सार्वजनिक

सिन्धुली/निरुपम श्रेष्ठ एक कुशल कवि तथा गीतकार हुन् । पेशाले शिक्षक भएपनि साहित्यमा अधिक रुचि राख्ने उनै श्रेष्ठको गीतसंग्रह ‘कुमारी माया’ सार्वजनिक भएको छ ।

सर्जक श्रेष्ठले तेस्रो कृतिका रुपमा गीतसङ्ग्रह ‘कुमारी माया’ पाठकसामु ल्याउनुभएको हो । वहाँका दुई कवितासंग्रह देश स्वप्न ९२०६३० र बूढो समय ९२०७९० यसअघि नै सार्वजनिक भैसकेका छन् ।दुई कृतिहरु पाठकसामु ल्याउँदासम्म बाबुराम श्रेष्ठका नामले परिचित श्रेष्ठ अब चाहिँ निरुपम श्रेष्ठका नाममा पाठकबिच आउनुभएको छ ।यसअघिका कृतिलाई जस्तै आफ्नो तेश्रो कृतिलाई पनि पाठकहरुले उस्तै माया गर्नेमा श्रेष्ठ आसावादी हुनुहुन्छ ।

यसैबीच सिन्धुलीको मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान प्रख्यातको प्रमुख आतिथ्यमा थाइल्यान्डको बैंङ्ककमा एक कार्यक्रमका बीच निरुपम श्रेष्ठको ‘कुमारी माया’ लोकार्पण गरिएको छ ।ग्रामिण परिवेशमा भोगेका, देखेका, बुझेका र अनुभूत गरेका जीवन, समाज तथा जीवनका उतारचढावलाई वहाँले आफ्ना गीत मार्फत प्रस्तुुत गर्नुभएको छ । पेशाले शिक्षक भएपनि नेपाली गीत तथा कविता लेखनमा श्रेष्ठ निकै अग्रभागमा सक्रिय हुुनुहुन्छ ।

तेश्रो कृतिका रुपमा पाठकमाझ आएको गीतसङ्ग्रह कुमारी मायामा ७५ गीत संग्रहित छन् । गीतकार बसन्तराज अज्ञातको आकर्षक आवरण कलासहितको कुमारी मायामा प्रा।डा। कृष्णहरि बरालले भूमिका लेख्नुभएको छ । निरुपमका नामले अगाडि आएका सर्जक श्रेष्ठलाई पाठकहरुको अपार माया मिलोस्–शुभकामना ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *