नेपालमै पहिलो पटक अपाङ्गता भएकी सिन्धुलीका देवकोटाले गरिन् बन्जी जम्प

सिन्धुली /नेपालमै पहिलो पटक अपाङ्गता भएका सिन्धुलीका कमलामाई ४ का दिल कुमारी देवकोटा (दिपा)ले सफलतापूर्वक बन्जी जम्प गर्नु भएको छ ।दिपाले मंगलबार आफ्नो जन्म दिनको अवसर पारेर भोटेकोशी गाउँपालिकाको मार्मिङ र लिस्तीकोटमा रहेको १६० मिटर उचाइको नयाँ पुलबाट उक्त अवसरमा बन्जी जम्प गर्नु भएको हो ।

देवकोटाले सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन अवस्था मात्रै हो भन्ने उदाहरण र सन्देश दिनुभएको छ । देवकोटा स्पाईनल बाईफिडा शारीरिक अपाङ्गता भएको व्यक्ति हो ।त्यस्तै उहाँ एक सक्रिय अपाङ्गता अधिकारकर्मी  भएर अपाङ्गता भएका व्यक्तिहरु लाई विभिन्न सामाजिक कार्य गर्दे आइरहनु भएको छ । उहाँले अपाङ्गता भएका व्यक्तिहरू पनि हाम्रो समाज, समुदाय र राष्ट्रका हरेक गतिविधिमा सम्मान रूपमा सहभागी हुन र सक्षम छन् भन्ने सन्देश यस साहसिक कार्यमार्फत प्रवाह गर्नु भएको छ ।

उहाँ भन्नुहुन्छ, अपाङ्गता कमजोरी होइन, आत्मबल र अवसर पायौं भने हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौँ । मेरो यो प्रयासले अन्य अपाङ्गता भएका व्यक्तिहरु लाई पनि आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु” ।देवकोटाको यो कदमले अपाङ्गता भएका महिलाहरूको सशक्तीकरण र समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण उपलब्धि हो भन्दा फरक पर्देन ।

नेपालमा साहसिक पर्यटनको क्षेत्र तीव्र गतिमा विस्तार भईरहेको अवस्थामा दीपा देवकोटाको यो साहसिक कदमले अपाङ्गता भएका व्यक्तिहरूका लागि साहसिक खेलकुद र पर्यटन क्षेत्रको पनि पहुँच योग्य हुनुपर्छ भन्ने मुद्दा लाई थप बल दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *