हराएको मोटरसाइकल एक महिनापछि दुधौलीमा फेला

 

सिन्धुली/सिन्धुलीमा २२० सीसी पल्सर मोटरसाइकल हराएको एक महिनापछि फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार बागमती प्रदेश ०२–०३७ प ८२२९ नम्बरको रातो–कालो रंगको उक्त मोटरसाइकल हिजो सोमबार प्रहरीले फेला पारेको हो ।

उहाँका अनुसार सर्लाहीको कौडेना गाउँपालिका–३ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका कागेश्वरी मनोहरा बस्ने सवारी धनीको उक्त मोटरसाइकल गत कार्तिक २९ गते हराएको थियो । हराएको मोटरसाइकल हिजो अर्थात सोबार जिल्लाको दुधौली क्षेत्रमा प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार सो मोटरसाइकल सवारी धनीलाई आज मंगलबार बुझाइएको प्रहरीले जनकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *