घ्याङलेखमा तातो पानीले पोल्दा ८ महिनाका शिशु घाईत
सिन्धुली / जिल्लाको घ्याङलेख गाउँपालिकामा तातो पानीले पोलेर ८ महिनाका शिशु घाईते भएका छन् ।
गाईबस्तुको लागी कुँडो पकाउने क्रममा कुँडोको तातो पानीले पोलेर घ्याङलेख ४ रामपुर बस्ने रमेश घलानका छोरा राकेश घलान घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।
उहाँको अनुसार आज बिहीबार बिहान करिब ११ बजेको समयमा कुँडोको तातो पानी टाउकोमा पोखिँदा ८ महिनाका शिशु घाइते भएका हुन् ।
घटनापछि उनलाई स्थानीय मेडिकलमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि काठमाडौं पु¥याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार शिशुको अवस्था मध्यम रहेको छ ।
प्रतिक्रिया


