शिद्वबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुल कलेजको आयोजनामा भलिबल प्रतियोगिता हुँदै

 

सिन्धुली / सिन्धुलीको शिद्वबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुल कलेजले नगर स्तरीय माध्यमिक छात्र र छात्रा भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ ।
शिद्वबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुल कलेजको आयोजनामा हुने उक्त प्रतियोगिता पुष १ गते देखि ७ गते सम्म उक्त कलेजको खेल मैदानमा संचालन हुने छ ।
प्रतियोगितामा सहभागि हुनको लागि मंसिर २८ गते दिउँसो ४ बजे सम्म टिम दर्ता गराइसक्नु पर्ने छ भने मंसिर २९ गते दिउँसो २ बजे सम्म टाई सिट गनु पर्ने छ ।
त्यस्तै टिम दर्ता गराउनको लागि २५ सय रुपौयाँ शुल्क लाग्ने कलेजका प्रिन्सीपल राहुल सिंहले सिन्धुली खबरलाई बताउनुभयो ।
उहाँको अनुसार प्रतियोगितामा पहिलो , दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई नगद पुुरस्कार दिईने छ । पहिलो स्थान हासिल गर्नेलाई १५ हजार रुपौयाँ दोस्रो स्थान हासिल गर्नेलाई १० हजार रुपौयाँ र तेस्रो स्थान हासिल गर्नेलाई ५ हजार रुपौयाँ संगै शिल्ड,मेडल र प्रमाण पत्र वितरण गरिने उहाँले बताउनुभयो । साथै उक्त प्रतियोगितामा २५ ओटा भन्दा धेरै माध्यमिक तहका विद्यालयहरुको सहभागिता हुने अपेक्ष गरिएको छ । यस्तो प्रकारको प्रतियोगिता जिल्लामा पहिलो पटक गरिन लागिएको समेत कलेजका प्रिन्सीपल राहुल सिंहले सिन्धुली खबरलाई बताउनुभयो ।
साथै खेल टि टि काउन्ट अन्तर्गत नकाउट सिस्टममा खेलाइने छ भने निर्धारित समय भन्दा १५ मिनेट ढिला भए टिम स्वतः नकाउट हुनेछ । त्यस्तै खेलमा तोकिएको रेफ्रीको निर्णय अन्तिम हुने छ भने खेलाडी सम्बन्धित विद्यालयको सम्बन्धित प्रधानाध्यापकले रुजु गरेको पत्रमा नाम उल्लेख हुनु पर्नेछ ।
खेल अबधिभर विवाद उत्पन्न भएमा त्यसको आधिकारिक निर्णय आयोजकले गर्नेछ यस्तै खेल अवधिभर कुनै घाउ चोटपटक लागे वा बिरामी भएमा साधारण उपचार बाहेक सम्पूर्ण खर्च खेलाडी वा टिम स्वयम् ले बेहोर्नु पर्ने र खेलाडी संख्या जम्मा ९ जनालाई मात्र वैधानिक मानिने छ ।
साथै खेल टाई सिटको तालिका अनुसार मात्र खेलाइने छ भने खेलाडीको इमिस नम्बर समेत उल्लेख गरेको हुनु पर्ने र खेलाडी कक्षा १२ भन्दा माथिको तथा सम्बन्धित विद्यालयको ( IEMIS )मा नरहेमा टिम स्वतः खारेज हुनेछ । साथै खेलमा सहभागी खेलाडीहरुका लागि खाना तथा खाजा खेलाडी वा टिम स्वयम्ले गर्नुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *