जिल्ला प्रशासन कार्यालय सिन्धुलीद्धारा ४ करोड भन्दा बढि राजस्व संकलन

सिन्धुली/विशेषगरि वैदेशिक रोजगारीका लागि राहदानी बनाउनेहरुको संख्या बढिरहेकाबेला त्यस बापत सरकारले राजस्व पनि सोहि अनुपातमा संकलन गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८१/८२ मा चार करोड भन्दा बढि राजस्व संकलन गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार असार मसान्तसम्म ४ करोड १९ लाख ३९ हजार ४ सय ६८ रुपैयाँ राजस्व संकलन गरिएको छ । राहदानी वितरण, परिक्षा शुल्क, धरौटी, जरीवाना लगाएतका शिर्षकबाट उक्त राजस्व संकलन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उपलब्ध गराएको तथ्याङ्क अनुसार साउन महिनामा ४७ लाख ८४ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ६६ लाख ७९ हजार १ सय ४५ रुपैयाँ, असोज महिनामा २० लाख १२ हजार रुपैयाँ, कार्तिक महिनामा ५४ लाख १९ हजार ३ सय रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै मंसिर महिनामा १२ लाख ५१ हजार ८ सय ५० रुपैयाँ, पुष महिनामा ५१ लाख ६ हजार ५५० रुपैयाँ, माघ महिनामा ३५ लाख ५७ हजार २३ रुपैयाँ, फागुनमा २९ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

चैत्र महिनामा २९ लाख २ हजार ५ सय रुपैयाँ राजस्व उठाएको कार्यालयले बैशाख महिनामा २९ लाख २७ हजार ६ सय रुपैयाँ उठाएको छ । त्यस्तै जेठ महिनामा ४१ लाख ३ हजार ५ सय र आर्थिक वर्षको अन्त्य असार महिनामा ३२ लाख ६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ । तथ्याङ्कमा हेर्दा सबै भन्दा धेरै राजस्व भदौ महिनामा ६६ लाख ७९ हजार १ सय ४५ रुपैयाँ उठेको छ भने सबै भन्दा कम मंसिर महिनामा १२ लाख ५१ हजार ८ सय ५० रुपैयाँ राजस्व संकलन भएको देखिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *