शिशिर र रिताले ल्याए ‘मादलुको खरी’

सिन्धुली/कलाघर सिन्धुलीका कलाकारहरु शिशिर सिद्ध र रिता बिकको आवाजमा लोक दोहोरी गीत “मादलुको खरी” सार्वजनिक भएको छ ।

कलाघर सिन्धुलीको अफिसियल युट्यूव च्यानलमा यहि साउन १५ गते गीत र अफिसियल भिडियो सार्वजनिक गरिएको हो । कलाघर सिन्धुलीका अध्यक्ष नेपाली बाबु सुमनको शब्द तथा संगितमा तयार भएको दोहोरी गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनेको छ । नव गायकहरु शिशिर सिद्ध र रिता बिकले स्वर दिनुभएको गीतको म्युजिक भिडियोमा सिन्धुलीकै कलाकारहरुको नृत्य देख्न सकिन्छ ।

भिडियोको निर्देशन पनि नेपाली बाबु सुमन आँफैले गर्नुभएको छ भने सन्तोष नेपालीको कोरियोग्राफि रहेको छ । रामकुमार नेपालीले एरेन्ज गर्नुभएको “मादलुको खरी” लाई पदम भाइ, कमल र आयूषले खिच्नुभएको हो । कलाघर सिन्धुली र वारियर डान्स सेन्टरका कलाकारहरुको अभिनय रहेको भिडियोलाई लोक दोहोरी मनपराउने श्रोता तथा दर्शकहरु एवं नेपाली गीत संगित मनपराउने सवैलाई हेरेर माया गरिदिनुहुन कलाघरले आग्रह गरेको छ ।

रिता बिक, शिशिर सिद्ध, रुविना, बिकास, गंगा, गौरब, करुणा, रन्जित, ममता र विशालको अभिनय रहेको गीतको म्युजिक भिडियो कलाघरमै खिचिएको हो । विशाल, सन्चिता, पार्वती, पवित्रा, सिर्जना र रिताको विशेष सहयोगमा गीत तयार भएको कलाघरले जनाएको छ । स्थानीय कलाकारहरुको कलासिर्जनालाई सवैले हेरेर प्रतिक्रिया दिनुहुन कलाकारहरुले आग्रह गर्नुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *