कविताको माध्यमबाट युवा आवाज बुलन्द गर्दै अनेरास्ववियू (क्रान्तिकारी)

सिन्धुली/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), कमलामाई नगर समितिले खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ । “शव्दमा शक्ति विचारमा विद्रोह” भन्ने मूल नाराका साथ कविता वाचन प्रतियोगिताको आयोजना गरिएको हो ।

खुल्ला प्रतियोगिता भएको हुनाले यसमा जोकोहिले पनि सहभागिता जनाउन पाउने नियम थियो । जसमा यौनिषा श्रेष्ठले प्रथम स्थान हाँसिल गर्न सफल हुनुभएको छ । त्यस्तै सन्ध्या देवकोटा दोश्रो हुनुभएको छ भने अभिशेष तामाङ्ले तेश्रो स्थान प्राप्त गर्नुभएको छ । सामाजिक सन्जालको प्रभाव, साहित्यिक पक्ष र वाचन लगायतका मापदण्डहरु प्रतियोगितामा राखिएका थिए ।

युवामा नयाँ सोँच, नयाँ परिवर्तन र प्रतिवद्धता हुनुपर्ने, वर्गिय विभेद, सामाजिक अन्याय एवं दमन विरुद्ध विद्यार्थीहरुको एकवद्ध स्वर, शिक्षालाई व्यापारिक रुपमा नभै सर्वसुलभ र अधिकारका रुपमा सुनिश्चित हुनुपर्ने, कला र साहित्यलाई युवा जगतसम्म प्रभावकारी रुपमा पुर्याउन विद्यार्थीहरुको भूमिका हुने लगायतका सन्दर्भहरु कवितामा समावेश गर्न सकिने विषयलाई समावेश गरि अखिल क्रान्तिकारीले सूचना निकालेको थियो । समाज रुपान्तरणमा युवाको चेतना, वैचारिक स्पष्टता र प्रतिवद्धतालाई कविताको माध्यमबाट अभिव्यक्त गर्ने मूल उद्देश्यका साथ खुल्ला कविता प्रतियोगिताको आयोजना गरिएको अखिल क्रान्तिकारी कमलामाई नगर समितिका अध्यक्ष डोर बहादुर बरालले बताउनुभयो ।

आयोजकले एक कार्यक्रमको आयोजना गरि बिजेताहरुलाई पुरस्कार समेत वितरण गरिसकेको छ । प्रथम, द्धितिय र तृतिय हुने कवि कवियत्रीहरुलाई क्रमशः दुई हजार पाँच सय, एक हजार दुई सय पचास र सात सय पचास रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । साहित्यिक गतिविधि मार्फत युवाशक्तिलाई एकवद्ध बनाइ उनिहरुको जोश जाँगरलाई अझ सशक्त बनाउन कविता वाचन एउटा महत्वपूर्ण माध्यम बन्न सक्छ । दविएका आवाजहरु जो त्रास र आस्थाका कारण बाहिर उजागर हुन सकेका हुँदैनन् । तिनलाई कविता मार्फत सन्जालमा प्रस्तुत गरेर सबैसामु ल्याउन यस्ता कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *