गीतकार तथा कवि श्रेष्ठको नयाँ गीत सार्वजनिक

सिन्धुली/साहित्यकार बाबुराम श्रेष्ठ ‘यात्री’ को नयाँ सदाबहार गीत सार्वजनिक भएको छ । श्रेष्ठको ‘खोज्दानि आफूलाई भेट्टाउन सकिन’ बोलको गीत सार्वजनिक भएको हो ।
युवा कवि तथा गीतकार श्रेष्ठको शव्द रहेको गीतमा राजु सिंहको संगित तथा सुमधुर स्वरका धनी रामकृष्ण ढकालको स्वर रहेको छ । फणिन्द्र राईको एरेन्ज रहेको गीतको भाव अनुसार अनिल स्थापितले निकै आकर्षक थम्बनेल बनाउनुभएको छ ।
मानिसको जीवन संघर्ष, भोगाइ र कठोर यथार्थतालाई गीतकारले आफ्ना शव्दहरुमा समेट्नुभएको छ । त्यतिमात्र हैन जीवन भोगाइका क्रममा देखिने आशा र निराशाबीचको पौँठाजोरीलाई समेत गीतकारले मार्मिक रूपमा प्रस्तुत गर्नुभएको छ । निरन्तर संघर्षका बीच पनि जीवनमा केही प्राप्त गर्ने आशाको झिल्को देख्न सकिन्छ भन्ने भावलाई गीतकार श्रेष्ठले गीत मार्फत प्रस्तुत गर्नुभएको छ ।
श्रेष्ठको यो पहिलो गीत हैन । वहाँले यसअघि ‘जीवन’, ‘तिम्रो मीठो मुस्कान’, ‘तमासाको खेल’ र ‘माया कहिल्यै मर्दैन’ जस्ता लोकप्रिय गीतहरू नेपाली गीत संगितको लहरमा मिसाइसक्नुभएको छ । गीतकार श्रेष्ठको यो नयाँ गीत म्युजिक नेपालको युट्युव च्यानल Nepal Adhunik Song मा हेर्न सकिन्छ । नयाँ गीत हेरेर सल्लाह, सुझाव एवं प्रतिक्रिया दिनको लागि गीतकार श्रेष्ठले सवै दर्शक तथा श्रोताहरुमा आग्रह गर्नुभएको छ । श्रष्टा बाबुराम श्रेष्ठलाई सांगितिक यात्रामा सफलताको शुभकामना ।