मरिण गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौँ अधिवेशन सकियो

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौँ अधिवेशन सकिएको छ । दोस्रो गाउँसभाको छैठौं अधिवेशन गाउँपालिका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात)को अध्यक्षतामा भएको हो ।

अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष बिमला माझीले चालु आर्थिक बर्ष २०८१/८२ को समिक्षासँगै संशोधित बजेट प्रस्तुत गर्नुभएको थियो । अधिवेशनबाट गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को पुँजीगत तर्फको १४ लाख ७ हजार रुपैयाँ कटाएर चालुतर्फ थप गरी बजेट संशोधन गरिएको बताइएको छ ।

मरिण गाउँपालिकाले गत असारको गाउँसभाबाट आर्थिक वर्ष २०८१/८२ को लागि चालुगत तर्फ ४४ करोड ४८ लाख ६८ हजार ८ सय र पुँजीगत तर्फ १९ करोड ११ लाख ९५ हजार गरी कुल ६३ करोड ६० लाख ८ सय रुपैयाँ विनियोजन गरेको थियो । उक्त अधिवेशनबाट संशोधन सहित चालुगत तर्फ ४४ करोड ६२ लाख ७५ हजार ८ सय र पुँजीगत तर्फ १८ करोड ९७ लाख ८८ हजार रुपैयाँ गरी कुल ६३ करोड ६० लाख ८ सय रुपैयाँ प्रस्ताव गरेको छ । उपाध्यक्ष माझीले अधिवेशनमा प्रस्ताव गर्नुभएको संशोधित बजेट सभाका सदस्यहरुले बहुमतले पारित गरेका छन् ।

उपाध्यक्ष माझीले गाउँपालिकाले चालु आर्थिक बर्षको खर्च भएको बजेट पनि सार्वजनिक गर्नुभएको छ । जस अनुसार कुल विनियोजित रकमको चालु तर्फ ४० प्रतिशत र पुँजीगत तर्फ २१ प्रतिशत खर्च भएको उपाध्यक्ष माझीले बताउनुभयो । विनियोजित रकम मध्ये चालु तर्फ ७ करोड ७२ लाख ३५ हजार १ सय ९१ रुपैयाँ, गाउँपालिका पुँजीगत तर्फ २ करोड ४ लाख ९५ हजार ९ सय ४५ रुपैयाँ खर्च भएको मारीण गाउँपालिकाले जानकारी दिएको छ ।

त्यस्तै सशर्त चालु तर्फ १० करोड १३ लाख ५४ हजार ८ सय ९६ रुपैयाँ र सशर्त पूँजीगत तर्फ १ करोड ८८ लाख ५३ हजार ९ सय ९८ रुपैयाँ खर्च भएको पालिलाले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *