बस्तु गोठाला गएका मगर मृत अबस्थामा फेला
सिन्धुली/जिल्लामा ६० वर्षिय वृद्ध मृत अवस्थामा फेला परेका छन् । सोमबार अर्थात हिजो गोलञ्जोर गाउँपालिकाको मुलडाडामा ३/४ किलो मिटर पूर्व रहेको जङ्गलमा गाई गोरु, बाख्रा चराउन भनी गएका वृद्ध आज मङ्गलवार मृत अवस्थामा फेला परेका हुन् ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ मुलडाडाका ६० वर्षीय बल बहादुर आले मगर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका जानकारी दिनुभयो ।
प्रहरी चौकी ग्वालटारबाट खटिएको प्रहरी टोली र स्थानीयले वृद्धलाई गोलन्जोर गाउँपालिका २ स्थित फुर्केडांडा भटोलेख खोलाको पानीको दहमा घोप्टो परि मृत अवस्थामा फेला परेको काफ्लेले जानकारी दिनु भयो। प्रहरिका अनुसार पोष्टमार्टमको लागि शव सिन्धुली अस्पतालमा ल्याइएको छ ।
प्रतिक्रिया