बाबुको कुटपिटबाट छोराको मृत्यु

सिन्धुलीको हरीहरपुरागढी गाँउपालिका– ३ चपराडाँडामा बाबुको कुटपिटबाट छोराको मृतु भएको छ। चपराडाँडा निवासी ७६ वर्षीय बावु डुमान सिंह सार्कीको कुटपिटबाट छोराको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ४५ वर्षीय माईला भन्ने लिला बहादुर पुर्कोटी सार्की रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। शनिबार राती ८ः३० को समयमा डुमान सिंहले घरायसी विवाद हुँदा फलामको गलले टाउकोमा र ढाडमा प्रहार गर्दा लिला बहादुर घाईते भएका थिए ।
घाइते लिला बहादुरलाई उपचारका लागि हेटौंडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा राति १०ः३० को समयमा डाक्टरले मृत घोषणा गरेका थिए । बुवा डुमान सिंहलाई आइतबार पक्राउ गरि सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाकारी दिएको छ।
प्रतिक्रिया