• कात्तिक २४,सिन्धुली/यस पटकको तिहारमा सिन्धुली जिल्लामा राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

    हिन्दू नेपालीहरुको दोस्रो महान चाड यमपञ्चक अर्थात् तिहार भित्रिइसकेको अवसरमा जिल्लामा शान्ति सुरक्षा कायम गर्न यस्तो निर्णय गरिएको जानकारी दिइएको छ ।

    जिल्ला प्रशासन कार्यालयले तिहारमा खेलिने देउसीभैलो, नाचगानलगायत सांस्कृतिक कार्यक्रम गर्दा मर्यादित तरिकाले रातिको १० बजेसम्म मात्रै गर्न सबैमा आग्रह गरेको छ । चाडपर्वहरु खुसियालीका साथ मनाउने क्रममा अप्रिय घटना हुन नदिन सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । दियो, मैनबत्ती एवं विद्युतीय उपकरणहरु बाल्दा सावधानी अपनाउनसमेत प्रशासनले आग्रह गरेको छ ।

    त्यस्तै कानुनविपरीत जुवातास, लंगुरबुर्जा, खेल्ने/खेलाउने कार्य नगर्न, पटका, आतसबाजीजस्ता विष्फोटक पदार्थ ओसारपसार, बिक्रीवितरण तथा प्रयोग नगर्नसमेत प्रशासनले आग्रह गरेको छ ।