• हाम्रो गौरवशाली पार्टी ने.क.पा. (माओवादी केन्द्र) का श्रद्धेय अध्यक्ष क. प्रचण्डको कुशल एवं अविच्छिन नेतृत्वमा संचालित महान जनयुद्ध जसले हजारौको वलिदान र लाखौको त्याग तपस्या र अनवरत संघर्षको जगमा जनताको एजेण्डा स्थापित ग¥यो । दलित, महिला, जनजाती, मधेशी, मुस्लिम, उपेक्षित र उत्पिडनमा पारिएकाहरुलाई राजनैतिक जागरण पैदा मात्र गरेन, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेसी, समनुपातिक लगायतका श्रमजीवी वर्गका मुद्धा स्थापित गरी संविधानमा संस्थागत ग¥यो । त्यसैगरी सामन्तवादको प्रतिनिधि संस्था राजसंस्थाको समुल नष्ट गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो ।
    गर्वका साथ भन्न सकिन्छ हाम्रो गौरवशाली पार्टी ने.क.पा. (माओवादी केन्द्र) नेपालको सन्दर्भमा एकमात्र युगान्तकारी पार्टी हो । युग बदल्न सफल पार्टी हो । विशिष्ट अवस्थामा विशिष्ट राजनैतिक नेतृत्व प्रदान गर्नु भएका नेताहरू वी.पी. कोइराला, क. पुष्पलाल श्रेष्ठ, क.मदन भण्डारी, क. प्रचण्ड मध्ये क. प्रचण्डनै युग नायक हुन् । जसले युग बद्ल्ने अभियानको नेतृत्व गर्नु भयो । अनि युग बदल्नु पनि भयो । जसरी सामन्तवादको प्रतिनिधि संस्था राजसंस्थाको समुल नष्ट गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको मुख्य नेतृत्व क. प्रचण्डले गर्नु भयो ।
    हाम्रो पार्टीको ऐतिहासिक आठौं महाधिवेशनले रणनीतिक कार्यदिशा समाजवाद, अनि सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यनीति सहित श्रद्धय अध्यक्ष क. प्रचण्डको कुशल नेतृत्वमा समाजवादी क्रान्तिको नयाँ अभियानमा लामवद्ध हुने निर्णय एक मतले गरेको छ । यहि निर्णयको व्यवहारिक कार्यान्वयन र हाम्रो कार्यनीतिको व्यवस्थित प्रचार गर्ने उद्धेश्यले पछिल्लो १९ महिना सरकारमा गर्यौं । सुशासन, समृद्धि र समाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण योगदान ग¥यौं ।
    अर्थतन्त्रको जगमा राज्य निर्माण हुनुका साथै राज्य सञ्चालन हुन्छ । पूँजीवादी शासन व्यवस्था मुठ्ठीभर व्यक्तिको मुनाफामा आधारित भएर जनतामाथि उत्पिडन, शोषण, दमन गर्न अभ्यस्थ हुन्छ भने समाजवादी व्यवस्था आम जनताको सेवामा समर्पित भएर मानव जातीले मानवजातीमाथि गर्ने सबैखाले विभेद शोषण र उत्पीडनको अन्त्य गर्न प्रतिवद्ध रहन्छ । त्यही अनुसार जनउत्तरदायी र जवाफदेही शासन संचालन गर्दछ ।
    अर्थतन्त्रमा सुधार, अन्तराष्ट्रिय सम्वन्धमा सुदृढीकरण र सन्तुलित, विचौलीया मुक्त सार्वजनिक प्रशासन, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, मिटर व्याज पिडितलाई न्याय निरुपण, नेपाली नागरिक भएर अनागरिक बन्न बाध्य जनतालाई नागरिकता प्रदान, उर्जा निर्यात सम्वन्धि सम्झौता, शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा ल्याउन महत्वपूर्ण पहल र नेतृत्व अनि भ्रष्टाचार विरोधी अभियान संचालन गरी हजारौ उच्च पदस्त राजनीतिक नेतृत्व र उच्च पदस्त कर्मचारीमाथि अनुशन्धान र जेल चलान लगायत संस्थागत भ्रष्टाचारको फाईल खोल्ने प्रक्रियाको सुरुवात ग¥यौं ।
    संघीयताको व्यवहारिक कार्यान्वयन गर्ने, संविधानको रक्षा तथा व्यवहारिक कार्यान्वयन गर्न आवश्यक विधेयक निर्माण गरियो भने कैयन विधेयक पास गरियो। केहि पास गर्ने प्रक्रियामै सम्मानित सदनमै छन् । सारमा भन्न सकिन्छ श्रद्धेय अध्यक्ष क. प्रचण्ड नेतृत्वको १९ महिने सरकार स्वर्ण युगनै थियो । भ्रष्ट, ठग, विचौलिया र दलालहरु कि अनुशन्धानको दायरामा थिए कि त रातमा निन्द्रा न दिनमा भोकको वेचैन अवस्थामा थिए। नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य नायिके वेचन झा जसले बालकोट र वुढानिलकण्ठसम्म कमिसन पु¥याउनथे उसको गिरफ्तारी संगै क. प्रचण्ड नेतृत्व सरकार पनि ढल्यो । भष्टाचार विरोधी अभियान पनि वन्द जस्तै भयो । वेचैनी जिन्दगी जिउन वाध्य भ्रष्टहरु चैनले जिउने वातावरण बनेको छ । उत्पादन र रोजगार सृजना गर्न केन्द्रित हुँदै कमिसनमा आधारित राज्य प्रणालीलाई राजश्वमा आधारित राज्य प्रणालीमा बदल्ने र आफ्नै बलमा राजश्व चुहावट रोक्ने वितिकै करिव पच्चिस खर्ब वार्षिक वजेट ल्याउन सकिने आधार तयार हुँदा हुँदै पनि सरकार फेरि भ्रष्टहरुकै हातमा पुगेका कारण समस्या पैदा हुन गएको छ ।
    अव हाम्रो पार्टी बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्दै जनताको अपेक्षा र राष्ट्रिय आवश्यकता पूरा गर्ने अभियान संगै समर्पित हुन्छ । भ्रष्टहरूलाई सामाजिक बहिष्कार गर्ने, घृणा गर्ने र अस्विकार गर्ने अभियानको नेतृत्व गर्छ । २०६४ पछि हाम्रो पार्टीको असली परीक्षा हुन पाएको छैन २०६९ साल क. किरणजी को नेतृत्वमा भएको विभाजनले २०७० को चुनावमा जित्न सक्ने मत नभएपछि विरोधीहरुसंग मिलेर केही हराउन सकिने अवस्था सृजना भयो ।
    २०७४ मा एमाले संग सहकार्य २०७९ मा नेपाली काग्रेससंगको सहकार्यले न्यून निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता र अपेक्षित मत अरू पार्टीले हाम्रो पार्टीको उम्मेदवारलाई मत नदिनुकै कारण सिट संख्या कम भएकोले २०८४ मा सबै तहमा एकल निर्वाचन लड्ने घोषणा सहित जनताको कठघरामा उभिने संकल्प गरेको छौ । हाम्रा कमजोरीलाई निर्ममता पूर्वक सच्याएर जनतामा सामाजिक लोकप्रियता र सामाजिक व्यक्तित्व निर्माण गर्दै सामाजिक सत्तामा प्रभावकारी नेतृत्व, हस्तक्षेप, राजकीय सत्तामा प्रभावकारी नेतृत्व र हस्तक्षेप साथै विकास निर्माणमा पारदर्शि नेतृत्व प्रदान गर्दै अघी बढेको छ ।
    ०८४ सम्म पुग्दा ०६४ को उचाईमा पुग्ने हाम्रो प्रतिवद्धता छ । हाम्रो पार्टी जनताको पार्टी हो माओवादी कमजोर बन्न वित्तिकै जनता कमजोर हुन्छन। जनताको अधिकार खोसिन्छन । सुशासन, समृद्धि र सामाजिक न्यायको मार्ग कमजोर हुन्छ । संविधानमा लेखिएको मौलिक हकको व्यवहारिक कार्यान्वयन हुँदैन । जनता शक्तिशाली भएको यो संविधान नै रहदैन । गाँस, बास कपास, शिक्षा स्वास्थ्य, रोजगारको ग्यारेन्टी गर्ने कुरा संविधानको मौलिक हकको रुपमा स्थापित छ । यसको व्यवहारिक कार्यान्वयन गर्दा नेपाली जनताको दिर्घकालिन समस्याको समाधान हुने छ । त्यसको निम्ति ऐन कानुन बन्नु पर्छ संघीय शिक्षा ऐन सम्मानित सदनबाट पास गर्ने सचेत पहल गर्नै पर्छ ।
    शिक्षक महासंघ संग भएको ५ वुँदे सहमति र राहत शिक्षक संगठनसँग भएको ६ वुँदे सहमतिलाई विधयेकमा समावेस गराउने सहमती बमोजिम म आफुले १३ वुँदे संशोधन प्रस्ताव दर्ता गराएको छु र अक्षरस पास गराउन हाम्रो पार्टी लाग्ने प्रतिवद्धता जाहेर गर्दै सदनमा संख्या कमजोर भएकोले आवश्यक वाहिरी दवाव,खवरदारी र आन्दोलन भने जारी राखनै पर्ने छ ।
    यो प्रक्रियामा हाम्रो एकीकृत अखिल नेपाल शिक्षक संगठनको महत्वपूर्ण नेतृत्वदायी भूमिका रहदै आएको छ र रहनेनै छ । हाम्रो शिक्षक संगठनसंग आवद्ध शिक्षकहरु आवेग होईन विवेकशिल हुन जरुरी छ । अहंकारी नभई विनम्रता र लोकप्रियताका खानी हुनका साथै अनुशासन र संस्कारका पर्याय हुन जरुरी छ । ज्ञान उत्साहत र उर्जाका खानी हुन आसा भरोसा हुन भन्ने कुराको व्यवहारिक अनुभूति दिलाउन हाम्रो संगठन सक्षम हुनै पर्छ । हाम्रो संगठनको मुखपत्रले बौद्धिक नेतृत्व प्रदान गर्नेनै छ । सिंगो समाज र विद्यार्थीसंग प्रगाढ सम्वन्ध कायम गर्दै समाजवादी क्रान्तिको श्रेष्ठतम नेतृत्व प्रदान गर्न आवश्यक नेतृत्व निर्माणमा एकिकृत अखिल नेपाल शिक्षाक संगठन सहयोगी भूमिका निर्वाह गर्न सफल होस् शुभकामना । साभार : शिक्षक जागरण २०८१