• जेठ २९, सिन्धुली/सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य श्याम कुमार घिमिरेले राजनीतिक अस्थिरताको मूख्य कारक नै मिश्रित निर्वाचन प्रणाली रहेको बताउनु भएको छ ।

    आज नेपाल प्रेस युनियन सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य घिमिरेले ४० प्रतिशत समानुपातिक ६० प्रतिशत निर्वाचित भएर आउने यो मिश्रित निर्वाचन प्रणालीले राजनीतिलाई कहिल्यै स्थिर हुन नदिने बताउनुभयो । “यहि प्रणालीले गर्दा राजनीतिक स्थिर बन्न नदिने । धेरै वटा पार्टी जन्मिने । प्रत्येक पार्टीका निर्णायक सांसदहरु आउँछन् । एकल, बहुमतको कुरै छाडौँ सात वटा पार्टी मिलेर मात्रै सरकार बन्ने स्थिती छ ।” घिमिरेले भन्नुभयो ।

    ‘यसैले गर्दा निर्वाचन प्रणालीमा हामिले परिवर्तन गरेनौँ । गम्भिर भएर सोचेर अगाडि बढ्न सकेनौँ भने सधैँ राजनितिक अस्थिरताको भुमरीमा फसेर लोकतन्त्र लाई सिध्याउँदछ ।; उहाँले थप्नुभयो । उहाँले अर्को प्रसङ्गमा घिमिरेले सरकारले सङ्घीयता, अर्थतन्त्र , निर्वाचन प्रणलीको बिषयमा तीन वटै शिर्षदल र अन्य दलहरु बसेर गम्भिर छलफल गरेर अगाडि बढ्नुपर्ने तर्क राख्नुभयो । यदि त्यसो हुन नसके देश आर्थिक रुपमा चल्न सक्दैन बन्द हुने समेत चेतावनी दिनुभयो ।

    अहिले डिजिटल युग हो ६ जनाको काम एकैजनाले गर्न सक्छ तर सङ्घीयता आएपछि देशैभर ६५ हजार कर्मचारी थपिएकै भन्दा घिमिरेले मुलुकले धान्न नसक्ने संङ्घयिता अभ्यास भएको उहाँले भन्नुभयो । सरकारले जिल्लाको थुप्रै ठुला आयोजनाको रकम भुक्तानी गर्न नसकेपछि काम ठप्प भएको अवस्था रहेको घिमिरेले बताउनुभयो ।

    “अब पूजिगत खर्च हुन नसक्ने अवस्थामा छौँ । कर्मचारीको तलब रोक्न सक्नुहुन्न,सामाजिक सुरक्षा भत्ता रोक्न सक्नुहुन्न,पालिका,प्रदेशमा जाने अनुदान रोक्न सक्नुहुन्न । रोक्ने भनेकै विकास सम्बन्धि बजेट हो । ; उहाँल भन्नुभयो । त्यस्तै उहाँले प्रदेश सरकारको कुनै औचित्य नरहेको जिकिर गर्नुभयो ।

    प्रदेश हाल सम्म पनि संघीय अनुदानमै निर्भर रहेको, कुनैपनि राजनितिक निर्णयमा संघकै मुख ताक्ने आफ्नो बुताबाट निर्णय लिन नसक्ने र आफ्नो वास्तविक औचित्य निर्माण गर्न नसकेको उहाँले बताउनुभयो । त्यसैले प्रदेशले राज्यलाई आर्थिक भारमा धकेदिएको घिमिरेको भनाई छ । खर्चको भार घटाउनको लागि पालिकाको संख्या घटाउन आवश्यक रहेको छ । हाल रहेको ७ सय ५३ वटा पालिकाको संख्या घटाएर ५ सयमा झार्न सके आर्थिक भार घटाउन सकिने घिमिरेले बताउनुभयो ।