• माघ ९, सिन्धुली/सिन्धुलीको वनबाट पछिल्लो वर्षहरुमा काठ निकासी हुन सकेको छैन । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज भई बागमती प्रदेश सरकारले दिगो वन व्यवस्थापन कार्यविधि ल्याए पनि सिन्धुलीको वनबाट काठ निकासी हुन नसकेको हो ।
    सिन्धुलीको वनबाट बार्षिक ७० हजार क्युफिट काठ दाउरा निकासी हुन क्षेमता भए पनि गत आर्थिक वर्षमा २३ हजार १ सय ८९ क्युफिट मात्र काठ निकासीको लागि अनुमति लिएको थियो । चालु आर्थिक बर्षमा सो क्युफिट घटेर २ हजार ४ सय ४९ क्युफिट मात्र काठ निकासीको लागि अनुमति लिएको डिभिजन वन कार्यालय सिन्धुलीका सुचना अधिकारी बच्चुराम सुबेदीले जानकारी दिनुभयो ।
    जिल्लाको कुल क्षेत्रफलको ६७ प्रतिशत क्षेत्रफल वनजङ्गलले ढाकेको छ । तर उत्पादित वनपैदावरको माग नभएको कारण विक्रि वितरण झनैँ खस्किदै गइरहेको सुवेदीले बताउनुभयो । समुहहरुले काठ उपयोगको लागि आदेश माग गर्न नै नआएको उहाँले सुनाउनु भयो ।
    उहाँले भन्नुभयो “४७ वटा समुहहरुले काठ, दाउरा उपभोगको लागि नेपाल सरकारको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि अनुसारको कार्ययोजना बनाएका थिए । नेपाल सरकारले सो कार्यविधि खारेज गर्दियो । पछि बागमती प्रदेश सरकारले दिगो वन व्यवस्थापन कार्यविधि ल्याएको छ । ती समुहहरुलाई प्रदेश कै कार्यविधि अनुसार १ बर्षभित्रमा परिवर्तन गरेर काठ दाउराको उपभोग गर्न मिल्ने भनिएको छ । तर हाल सम्म पनि कार्यविधि परिवर्तको निम्ती कुनै पनि समुह आएका छैनन् ।”
    नेपाल सरकारको कार्यविधि अनुसार कार्ययोजना नबनाएका अन्य २ सय ५० भन्दा बढि समुह छन् । “ती सहुहले सामान्य तरिकाले आफ्नो समुहबाट ढलेको, सुकेको काम नलाग्ने काठ निकासी गरिरहेका थिए । त्यस्ता समुह जम्मा एउटाले मात्रै कार्ययोजना पेश भएको छ” उहाँले थप्नुभयो ।
    उत्पादनशील ठुला वनहरुको कटान गर्ने प्रणाली आधिकारीक नभएको र नयाँ मापन प्रणली स्विकृत नभएका कारण काठ निकासीको लागि माग नभएरै कटान आदेश नदिएको उहाँले बताउनु भयो ।
    वन जङ्गलमा भएका हैसियत बिग्रिएका, धोद्रो, बाङ्गोटिङगो, ढलेको, सुकेको उमेर परेका काठ निकासी नहुँदा विदेशी काठको आयात बढिरहेको पाइन्छ ।
    डिभिजन वन कार्यालय सिन्धुलीको क्षेत्राधिकार भित्र पर्ने जिल्लाको ५ वटा पालिका मध्ये तिनपाटन गाउँपालिबाट काठ निकासी गरेपनि सो क्षेत्रबाट पनि काठ निकासी हुन नसकेको अधिकारी सुबेदीको भनाई छ ।
    वनपैदावर निश्चि समयसम्म वृद्धि हुन्छ तर समयावधि पुरा भएपछि उपभोग नगरिए पुनः ह्रास हुँदै जन्छ । वनपैदावरलाई समयमा नै सदुपयोग गर्न सकिएको नेपालको दरिलो आम्दानीको श्रोत वन्न सक्नेथियो । तर नेपालमा स्थिर कार्यविधि र प्रणली नहुँदा करोडौंका वनपैदावर वनमा नै सडिरहेको छ ।