जिर्गादोभानमा एक वृद्धा मृत फेला
 
 						मंसिर ६, सिन्धुली/ तीनपाटन गाउँपालिका १ क्वान्द्रे बस्ने ६९ वर्षीय पिताम्वर ठकुरी मृत फेला परेको छ।
ठकुरी बेलघारी बजारमा पसल गर्दै आईरहेका थिए । हिजो विहान घर जान्छु भनी हिडका ठकुरी घरबाट करिब १ किलोमिटर टाढा जिर्गादोभानमा स्थानीयले मृत फेला पारेका थिए ।
बाटोमा मृत भेटिए पश्चात् स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना स्थलको मुचुल्का गरि पोष्टमाटमको लागि सिन्धुली अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक दाहालले जानकारी दिनुभयो ।
							प्रतिक्रिया
							
		
	
						
						

 सिन्धुली खबर
								सिन्धुली खबर								
 
 														 
 														 
 														 
 														 
 														 
 										 
 										 
 										 
 										 
 										 
 										 
 										