पर्यटकहरूको नयाँ गन्तव्य बन्दै कला घर (फोटो फिचर)
मंसिर ३, सिन्धुली/कला घर राष्ट्रिय सङ्ग्राहालय आन्तरिक तथा बाह्य पर्यटकहरूको नयाँ गन्तव्य बनिरहेको छ । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा रहेको राष्ट्रिय कला सङ्ग्राहालयले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षित गरिरहेको हो ।
देश भरि छरिएर रहेका कला संस्कृतिको कला संग्राहलय निर्माण गर्ने उद्देश्यले निर्माण थालनि भएको कला घरमा देश तथा विदेशबाट दैनिक सयौंको संख्यामा अबलोकनका लागि आउने गरेका छन् । विदाको समयमा दैनिक पाँच सय सम्म अवलोकनका लागि पर्यटक आउने गरेको कला सिन्धुलीका अध्यक्ष तथा कलाकार नेपालीबाबु सुमनले जानकारी दिनुभयो ।
ऐतिहाँसि स्थल सिन्धुलीगढी अवलोकन गर्न आउने अधिकाँश कला घर अबलोकनका लागि पुग्ने गरेका छन् भने कला संग्राहलय अवलोकन गर्न विद्यार्थीहरुको उपस्थिति बाक्लो रहेको छ । देशमा रहेका ऐतिहाँसिक धार्मिक, पर्यटकीय स्थानहरुको नमुना तथा जर्वुट्टा कला समाग्रि, विभिन्न पूराना घरेलु औजारहरुको संग्रह र बाध्यवादन सामाग्रिहरुको नमुना निर्माण गरिएको विद्यार्थीले धेरै कुरा सिक्न सक्ने भएकाले पनि विद्यार्थी अवलोकनका लागि आउने गरेका हुन् ।
सिन्धुलीमाढीबाट २५ किलोमिटर र सिन्धुलीगढीबाट ५ किलोमिटरको दुरीमा रहेको कला सङ्ग्राहालयमा निर्माणाधिन सिन्धुलीगढी–मझुवा सडक निर्माण पुरा भए अझ पर्यटकको संख्या वढ्ने देखिन्छ । निर्माणको चरणमा रहेको सङ्ग्राहालयमा पर्यटकको आकर्षण वढे पनि लक्ष्य अनुसारका सम्पूर्ण कलाको सङ्ग्राहालय निर्माणको लागि जग्गाको अभाव भएको अध्यक्ष नेपालीबाबु सुमनले जानकारी दिनुभयो ।