मरिणमा शनिबार (भोली) बृहत जनसांस्कृतिक कार्यक्रमको आयोजना

कार्तिक १७, सिन्धुली/मरिणमा शनिबार (भोली) बृहत जनसांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र) मरिण गाउँ समितिको आयोजनामा बृहत जनसांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्लाका केन्द्रिय नेता तथा कलाकारहरुको उपस्थिती रहने माओवादी केन्द्रका मरिण गाउँ समितिका अध्यक्ष काजिमान थिङले जानकारी दिनुभयो । पार्टीमा विभिन्न प्रशिक्षण, भाषण तथा अन्य गतिविधि सन्चालन गरेपनि सांस्कृतिक भाषाबाट माओवादी पार्टी जनतालाई चिनाउने नयाँ योजना रहेको अध्यक्ष थिङले बताउनु भयो ।

प्रगतिशिल जनवादी कलाकारहरुलाई जनताको माझमा उभाएर फेरि पनि माओवादी पार्टीलाई ब्युताउने कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाई छ । मानिस गित, संगितबाट बढि प्रभावित हुने भएकोले नयाँ चेतनाबाट पार्टीलाई अगाडि बढाउने उहाँले बताउनुभयो ।

जनसांस्कृतिक कार्यक्रममा जनवादी कलाकार जीवन शर्मा,हास्यब्यङ्ग कलाकार खड्ग बहादुर पुन, अन्य कलाकारहरु विश्व दोङ, निर्मला घिसिङ, झंकार बुढा, किरण बाबु पुन लगायतले सांगितक प्रस्तुति दिने आयोजकले जनाएको छ । कार्यक्रम मरिण गाउँपालिका वडा नम्बर ४ को रंगशालामा हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *