वडा अध्यक्ष विकद्वारा अशक्त बृद्धालाई घरमै पुगेर ह्वील चियर प्रदान

भदौ २४, सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिकाका ३ जना अशक्त महिलाहरुलाई ह्वील चियर प्रदान गरिएको छ । वडा नम्बर ४ का अशक्त २ जना बृद्धा र १ महिला लाई ह्वील चियर प्रदान गरिएको हो ।
दुधौली नगरपालिका वडा नम्बर ४ का अडा अध्यक्ष रितेश विक आज डुडहाका ६५ बर्षीय सगावती अधिकारी घरमै पुगरे ह्वील चियर हस्तानतरण गरेका छन् । लामो समय देखि दुईवटै खुट्टा नचलेर घिस्रिएर हिडिरहेका सगावती अधिकारीको जिवनयापनमा सहजता लागि घरमै पुगेर ह्वील चियर दिइएको अध्यक्ष विकले बताउनु भयो ।
त्यस्तै डकाहाका ६८ बर्षीय अशक्त भुटी कुमर र जुटपानीका ३५ बर्षीय रिता कुमरलाई ह्वील चियर प्रदान गरिएको छ ।
बाल अपाङ्ग टेवा केन्द्र कपन काठमान्डौँको सहयोग तथा वडा नम्बर ४ को समन्वयमा ३ थान ह्वील चियर र ६ वटा बृद्ध,बृद्धाको लागि लठ्ठि वितरण गरिएको थियो ।
हिडडुल गर्नको लागि साहारा खोज्ने महिलाहरु ह्वील चियर पाएपछि खुसी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *