कृष्णबहादुरका छोरा राहुल सुन काण्डमा पक्राउ, ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

भदौ १३, सिन्धुली/नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा संगठित सुन सस्करी मुद्धामा पक्राउ परेको छ । आज केन्दिय अनुसन्धान ब्युरो (सिआईवी)ले पक्राउ गरेको हो ।

पक्राउ परेका राहुल महरालाई भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि (सीआईबी) ले सुरुमा अदालतबाट पाँच दिनको म्याद पाएको छ ।

यसअघि पक्राउ परेकाहरुविरुद्ध भने प्रहरीले सरकारको नियन्त्रणमा भएको सम्पत्ति चोरी गरेर विश्वास घात गरेको भन्ने आरोपमा मुद्दा चलाएको थियो । पक्राउ परेकाहरुले विमानस्थल भन्सारले बरामद गरेको भेपको सुन लगेको खुलेपछि पक्राउ परेर मुद्दा चलेको थियो । २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो ।

सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरोले कृष्णबहादुर र छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *