सांसद थिङद्धारा तामाङ समुदायबारे गलत अभिव्यक्ति दिएको भन्दै अधिवक्ता पाण्डेलाई कारबाहीको माग
साउन १०, सिन्धुली/नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले तामाङ समुदायको संस्कृतिमाथि गलत उदाहरण दिएर आत्मसम्मानमा चोट पर्ने गरी अभिव्यक्ति दिएको भन्दै अधिवक्ता भगवती पाण्डे र कार्यक्रम प्रस्तोता दिक्पाल कार्कीलाई कारबाही गर्न माग गर्नुभएको छ ।
सिन्धुलीको समानुपातिक तर्फबाट निर्वाचित संघिय सांसद थिङले प्रतिनिधिसभाको बैठकमा तामाङ, मगरलगायत अन्य जाति समुदायको आत्मसम्मानमा चोट पर्ने गरी अभिव्यक्ति दिएको भन्दै अधिवक्ता पाण्डे र टेलिभिजनको कार्यक्रम प्रस्तोता कार्कीलाई कारबाहीको माग गर्नुभएको हो ।
तामाङ समुदायमाथि दिएको अभिव्यक्तिको विषयलाई लिएर अधिवक्ता भगवती पाण्डेले दिएको अन्तर्वार्तामा प्रतिनिधिसभा सदस्य थिङले घोर भत्र्संना समेत जनाउनु भएको छ ।
उहाँले भन्नुभयो “अधिवक्ता पाण्डेले एक टेलिभिजनमा अन्तरर्वाता दिँदै के कारण मानिस अपराध सँग ढल्किन्छ भन्ने प्रसङ्घमा हाड नाताभित्र हुने विवाहले अपराध बढाएको दाबि गदैँ तामाङ समुदायमा दाजु बहिनीबीचमै विवाह हसने हुँदा विवाह गर्ने व्यक्ति एकोहोरो हुने र अपराधामा संलग्न हुने भन्ने अभिव्यक्तिले मेरो मनमा सुन काण्डभन्दा बढी पोलेको छ ।”
थिङले यस्ता गलत उदाहरण दिएर तामाङ मगर लगायत अन्य जाति समुदायको परमपरा,इतिहास र संस्कार संस्कृति लाई बङ्ग्याएर दिएको अभिव्यक्ति जातिय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०६८ र मुलुकी अपराध संहिता २०७४ मर्मविपरीत भएकाले हदै सम्मको कारबाही गर्न माग गर्नुभएको छ ।